नयाँ शक्तिका अध्यक्ष बाबुराम भट्टराईको फेसबुक ह्याक

34

काठमाडाैं । पुर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)  नेसपाका अध्यक्ष बाबुराम भट्टराईको फेसबुक ह्याक भएको छ।

भट्टराईको फेसबुक पेज ह्याक गरी अनधिकृत समूहले अनावश्यक र भ्रामक टिप्पणी गरेको भट्टराईको सचिवालयले जनाएको छ।

‘डा. बाबुराम भट्टराईज्यूको आधिकारिक फेसबुक पेज ह्याक गरी अनधिकृत समूहले अनावश्यक तथा भ्रामक टिप्पणीहरू गरेका छन्,’ सचिवालयले भनेको छ, ‘हाल उहाँको आइटी टोली उक्त पेजको सुरक्षा प्रणालीलाई पुनःस्थापित गर्ने कार्यमा जुटिरहेको छ। यसै सन्दर्भमा, भट्टराईसम्बन्धी भ्रामक समाचारहरूमा विश्वास नगर्न सबैमा आग्रह गरिन्छ।’

पार्टीका केन्द्रीय सदस्य रूपनारायण श्रेष्ठका अनुसार अध्यक्ष भट्टराईको फेसबुक ह्याक भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here