काठमाडौं । कीर्तिपुरकाे वडा नं ३ मा रहेकाे विश्व राष्ट्रिय मा.वि.मा शैक्षिकसत्र २०८२ का लागि बुधबार आवश्यक कप्तान तथा उप-कप्तान अघिल्लो शैक्षिकसत्र झैँ निर्वाचन मार्फत चयन गरिएको छ।
कप्तान कक्षा ९ र १० बाट चयन गर्ने गरिन्छ भने उप-कप्तान कक्षा ७ र ८ बाट चयन गरिन्छ जहाँ दुवै भूमिकामा छात्राहरु पनि अनिवार्य गरिएकाे छ।
कप्तानमा छात्रतर्फबाट ४ र छात्रातर्फबाट पनि ४ जनाले उम्मेद्दवारि दिएका थिए । यसैगरी उप- कप्तानमा पनि साेहि संख्यामा उमेद्दवारी दिई कुल १६ जनाको प्रतिश्प्रधा रहेको थियाे।जम्मा ११३ जना विद्यार्थी मतदानमा सहभागीता जनाएकाेमा ९५% मत सदर भएकाे छ।मत परिणाम अनुसार कप्तान छात्र- छात्रामा कक्षा ९ र १० बाट क्रमशः दिपेश तामाङ र खुश्बु विक विजयी भएका छन् भने उप-कप्तानमा दुबै छात्र- छात्रामा कक्षा ७ बाट क्रमशः टेकराज वली र अनुश्का घर्तीमगर विजयी भएका छन्।
ECA कमिटी मार्फत यस निर्वाचनकाे ब्यवस्थापन गरिएको र विद्यालयका उप-प्र.अ. दिनेश कुमार महर्जन निर्वाचन अधिकृत रहनु भएकाे जानकारी यसै विद्यालयमा काेल्याबाेरेटिभ स्कुल नेटवर्क मार्फत कार्यरत स्कुल लिडर विश्वास रेग्मीले जानकारी गराउनु भएकाे छ। उहाँको अनुसार विद्यालयकाे शैक्षिक क्यालेन्डर अनुसार प्र.अ. र स्कुल लिडरहरुसँगकाे समन्वयमा हरेक शैक्षिक गतिविधिहरु सञ्चालन गरिने जानकारी दिनुभयाे।
यसकासाथै यस्ता किसिमका कृयाकलापले बिद्यार्थीहरुकाे नेतृत्व विकासकाे साथै शैक्षिक प्रगतिपनि उल्लेख्य देखिने गरेकाे र विद्यालयप्रतिकाे लगावपनि बढ्ने विश्वास व्यक्त गर्नुभयाे । सम्पूर्ण उमेद्दवारलाई बधाई तथा बिजेताहरुलाई कुशल कार्यकालको शुभकामना व्यक्त गर्नुकाेसाथै विद्यालय परिवारलाई धन्यवाद दिनुभयाे।


















