सपना बोकेको बाटो विद्यार्थी जीवन

27

✍️दिपेश कुमार शाह( DK Shah)

कापी–कलम काँधमा बोकी,
सपना बोकेर जान्छौं हामी।
शिक्षाको यो बाटो हिँड्दा,
कहिले हाँसो, कहिले आँसु झर्छ थामी।।

बिहानै उठी पुस्तक पढ्छौं,
राति अबेरसम्म दीप जलाउँछौं।
एक–एक अक्षरमा भविष्य खोज्दै,
कठिनाइलाई पनि साथी बनाउँछौं।।

शिक्षकको माया, अभिभावकको आश,
सम्झँदा आउँछ आँखामा प्रकाश।
पढाइको चटारो, परीक्षा डर,
तर मनभित्र सपना हजार।।

कहिले फुटबल, कहिले खेलकुद,
कहिले रमाइलो, कहिले गम्भीर मूड।
पढाइ मात्र होइन, जीवन सिक्ने बाटो,
हाम्रो विद्यार्थी जीवन साँच्चै मीठो।।

आजको संघर्ष, भोलिको उज्यालो,
सपना सजाएर बनाउँछौं प्यालो।
देशको ढुकढुकी, भविष्य हामी,
हाम्रो विद्यार्थी जीवन स्वाभिमानी।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here