चलचित्र  ‘यो मन त मेरो नेपाली हो’को ट्रेलर सार्वजनिक

25

काठमाडौं ।  प्रदर्शन गर्न लागि रहेकाे नेपाली कथानक चलचित्र  ‘यो मन त मेरो नेपाली हो’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक भएको छ ।

नर प्रधान ‘मित्र’ निर्देशित फिल्मले नेपाली भाषा, कला, संस्कृति जोगाउन पात्रहरूले गर्ने संघर्षको कथा भन्छ ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक ट्रेलरले कथावस्तु र चरित्र चित्रणबारे खुलासा गर्छ । भुटानबाट लखेटिएका नेपालीभाषीको शरणार्थीको रुपमा नेपाल बसाइ र तेस्रो देशको रुपमा अमेरिका पुनर्वासको कथा यसमा समावेश छ ।

पत्रकार सम्मेलनमा बोल्दै निर्देशक प्रधानले नयाँपुस्तालाई नेपाली भाषा, संस्कार र संस्कृतिबारे ज्ञान दिने र यसको संरक्षणको लागि गर्ने संघर्षको कथावस्तु चलचित्रले  पेश गर्ने जनाए ।

चलचित्रकाे  पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन् । ज्ञानबहादुर प्रधान यसका निर्माता हुन् । चलचित्रमा रोशन श्रेष्ठ, विजय बराल, आयुशा समाल, विल्सनविक्रम राई, बुद्धि तामाङ लगायतको अभिनय रहेकाे छ ।

‘यो मन त मेरो नेपाली हो’ असार २७ गतेदेखि प्रदर्शन तयारीमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here