सनातन हिन्दु राष्ट्र स्थापनाको माग गर्दै विशेष पैदल यात्रा कार्यक्रम सम्पन्न

32

काठमाडौं । नेपाल सनातन धर्म संस्कृति संगठनको आयोजनामा सनातन हिन्दु राष्ट्र स्थापनाको माग गर्दै विशेष पैदल यात्रा कार्यक्रम सम्पन्न भएको छ।

यो यात्रा आज बिहान काठमाडौँको मैतिदेवी मन्दिरबाट सुरु भई पशुपतिनाथ मन्दिरसम्म गरिएको हो।

पैदल यात्रामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, नेता बुद्धि तामाङ र दीपक सिंह विशेष रूपमा उपस्थित थिए। सहभागीहरूले ‘हिन्दु राष्ट्र हाम्रो पहिचान हो’, ‘सनातन धर्मको संरक्षण गरौँ’ लगायतका नारा लगाउँदै हिन्दु राष्ट्रको मागलाई बलियो रूपमा प्रस्तुत गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here