सचेतनाका उद्देश्यले ‘ट्राफिक वाल्क’ कार्यक्रम आयोजना

18

काठमाडौं । काठमाडौं उपत्यकामा चाडपर्वलाई लक्षित गरी सडक सुरक्षा र सचेतनाका उद्देश्यले ‘ट्राफिक वाल्क’ कार्यक्रम आयोजना गरिएको छ।

कार्यक्रम रानीपोखरीबाट सुरु भई भद्रकाली, सिंहदरबार हुँदै स्काई ब्याङ्केट, रामशाहपथसम्म सञ्चालन गरिएको थियो।

कार्यक्रममा रानीपोखरीका प्रमुख दानबहादुर कार्की, काठमाडौँ महानगर प्रहरी प्रमुख राजु पाण्डे, काठमाडौँ उपत्यका प्रहरी कार्यालय प्रमुख नवराजराज अधिकारीलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिल पनि सहभागी भएका थिए।

आयोजकहरूले जनतालाई सडक सुरक्षा नियम पालना गर्न, ट्राफिक व्यवस्थापनमा सहयोग गर्न र चाडपर्वको समयमा सवारीसाधन चलाउँदा विशेष सतर्कता अपनाउन सचेत गराउने उद्देश्य राखेको जानकारी दिएका छन्।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here