आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

30

 

काठमाडौं । रौतहट, गढीमाई नगरपालिका-७ धनाडी बस्ने भानु मिया अंसारीको गोठ र कुन्युमा शनिबार राति आगलागी हुँदा करिब १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

महोत्तरी, रामगोपालपुर नगरपालिका-८ टिकुलियास्थित सोही नगरपालिका-८ बस्ने कमलेश ठाकुरको सैलुनमा शनिबार राति लागेको आगो फैलिएर सन्तोष कुमार साहको किराना पसल र श्याम मण्डलको औषधि पसलमा आगलागी हुँदा तीनै जनाको गरी करिब ९ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

सर्लाही, हरिपुर नगरपालिका-२ भक्तपुर टोल बस्ने बलराम दमाइको घरमा शनिबार दिउँसो आगलागी हुँदा करिब ७ लाख १३ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here