प्रियजन तथा प्रेमिल जोडीहरूमा समर्पित “मनपर्ने कान्छु” सार्वजनिक

25

 

काठमाडौं । मनपर्ने प्रिय व्यक्ति तथा प्रेमिल जोडीहरूलाई समर्पित नयाँ सांगीतिक कोसेली “मनपर्ने कान्छू” सार्वजनिक गरिएको छ। गीतमा गायिका तथा कुशल उद्घोषिका शितल शर्मा र गायक हरी गिरी ‘बिमर्सी’ को स्वर समावेश छ।
भावनात्मक शब्द, उत्कृष्ट संगीत र मन छुने आवाजको मेलले तयार भएको यस गीतले श्रोतामाझ विशेष आकर्षण सिर्जना गर्ने अपेक्षामा रहेको गायिका शितल शर्माले बताईन।

गीतका शब्द र संगीत स्वयं हरी गिरी ‘बिमर्सी’ ले तयार गरेका हुन्। एरेन्ज तथा मिक्सिङ–मास्टरिङ एच बी एन किस्मत द्वारा गरिएको छ।

सार्वजनिक गरिएको भिडियोमा समारिका ढकाल र सुशील रेग्मीको रोमान्टिक अभिनय देख्न सकिन्छ। भिडियोको निर्देशन तथा कोरियोग्राफी मौसमी हिमालीले गरेका छन्। सिनेमाटोग्राफी नवराज उप्रेतीले गरेका हुन् भने सम्पादन तथा कलरिङ मनोज कार्की द्वारा सम्पन्न गरिएको हो।
भिडियो गायिका शितल शर्मा को अफिसियल युट्युब च्यानल मार्फत हेर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here