प्रम कार्कीलाई नवनियुक्त राजदूतले गरिन् शिष्टाचार भेट

8

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि श्रीलंकाकी नवनियुक्त राजदूत रुवान्थी डेल्पिटियाले आज सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा औपचारिक शिष्टाचार भेट गरेकी छन्।

भेटका अवसरमा नेपाल-श्रीलंका द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र साझा हितका विभिन्न विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। दुई देशबीचको कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समेत विचार आदानप्रदान भएको जनाइएको छ।

प्रधानमन्त्री कार्कीले नवनियुक्त राजदूत डेल्पिटियालाई कार्यभार सम्हालेको अवसरमा बधाई दिँदै नेपालमा रहँदा सफल कार्यकालको कामना व्यक्त गरिन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here