रवि र बालेनले भारतीय प्रधानमन्त्री मोदीसँग टेलिफोन संवाद

14

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन संवाद गरेका छन्।

आफूले दुवै नेतालाई चुनावमा रास्वपाका विजयका लागि बधाई र नयाँ सरकार गठनका लागि शुभकामना दिएको मोदीले जनाएका छन्।

‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसँग न्यानो टेलिफोन वार्ता भयो,’ मोदीले एक्समा लेखेका छन्, ‘दुवै नेताहरूलाई उहाँहरूको चुनावी विजय र नेपालको चुनावमा रास्वपाको सानदार सफलताको लागि बधाई दिएँ। आपसी समृद्धि, प्रगति र कल्याणको लागि उहाँहरुसँग काम गर्ने भारतको प्रतिबद्धता व्यक्त गरेँ।’

‘मलाई विश्वास छ– हाम्रो संयुक्त प्रयासले आगामी वर्षहरूमा भारत र नेपालको सम्बन्ध नयाँ उचाइमा पुग्नेछ,’ मोदीले थपेका छन्।

यसअघि मोदीले निर्वाचन सफलतापूर्वक र शान्तिपूर्ण समापन भएकोमा नेपाल सरकार र नेपाली जनतालाई बधाई दिएका थिए।

चुनावकै दिन भारतीय विदेश मन्त्रालयले शान्तिपूर्ण मतदानको स्वागत गर्दै नयाँ सरकारसँग मिलेर काम गर्ने जनाएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here