मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

9

सुनसरी । कोशी गाउँपालिका-३ सेल्फी चोकस्थित सडकमा स.३ प २५६३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका-३ यादव टोल बस्ने ६५ वर्षीया सीता देवी मेहताको मंगलबार राति मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै मोटरसाइकलको ठक्करबाट घाइते भएका अन्य १ जना पैदलयात्रीको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here