अव्यवस्थीत बस्ती हटाउने अभियानको विरोध

4

काठमाडौं । काठमाडौं उपत्यकामा अव्यवस्थीत बस्ती हटाउने अभियानको युवाहरुले विरोध गरेका छन् । सुकुम्वारी भूमिहिनहरुको उचित व्यवस्थापन नगरि उनीहरुलाई जवरजस्ती हटाउने काम गरिएको भन्दै शनिबार युवाहरुको समूहले काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरुले सुकुम्वासीहरुको सहि व्यवस्थापन गर, खोइ मानवता डोजरले पु¥यो, सुकुम्वासी समस्या असमान वितरण र आर्थिक असमानताको उपज हो, सुकुम्वासी नेपाल भित्र पर्छन की पर्दैनन् ? लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

उनीहरुले बालबालिका, गर्भवती, सुत्केरी, विरामी, ज्येष्ठ नागरिक लगाएतका आम नागरिकलाई आतंकीत बनाउने काम तत्काल बन्द गर्न माग गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here