शुक्रबारदेखि कथानक ‘लालीबजार’ प्रदर्शन हुने

0

काठमाडौं ।  उच्च अदालतको अल्पकालीन अन्तरिम आदेशका कारण प्रदर्शन रोकिएको कथानक ‘लालीबजार’ शुक्रबारदेखि प्रदर्शन हुने भएको छ।

चलचित्रका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँले उच्च अदालत पाटनले प्रदर्शनको बाटो खुला गरिदिएको जानकारी गराए।

उच्च अदालत पाटनका न्यायाधीशद्वय खडानन्द तिवारी र नेत्रप्रकाश आचार्यको इजलासले लालीबजारबिरुद्ध बुधबार अन्तरिम आदेश दिन अस्वीकार गरेका थिए।

यसअघि वैशाख १५ गते उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै उक्त सिनेमा तत्काललाई प्रदर्शन नगर्न आदेश दिएको थियो।

षट्कोण आर्टस्‌को प्रस्तुति तथा यम थापाको निर्देशनमा बनेको ‘लालीबजार’मा स्वस्तिमा खड्का, विशाल देवकोटा, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, प्रशंसा सुवेदी, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, आशा पौडेललगायत कलाकारहरूको अभिनय छ। फिल्ममा बादी समुदायको कथा छ।

यसअघि उक्त फिल्म वैशाख १८ गते प्रदर्शनमा आउने तयारी थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here