महँगीको भार बेहोरिरहेका बेला केही कम्पनीहरूले ठूलो नाफा कमायाे

10

अमेरिका । अमेरिका–इजरायल र इरानबीचको युद्धका कारण विश्वभरका परिवारहरू महँगीको भार बेहोरिरहेका बेला केही कम्पनीहरूले भने ठूलो नाफा कमाइरहेका छन् ।

युद्धका कारण उत्पन्न अनिश्चितता र इरानले स्ट्रेट अफ होर्मुज बन्द गरेपछि जीवनयापनको खर्च बढेको छ र कम्पनी, परिवार तथा सरकारहरूको बजेटमा असर परेको छ । तर केही संस्था संकटको किनारामा पुगेका बेला युद्धबाट फाइदा हुने व्यवसाय वा अस्थिर ऊर्जा मूल्यबाट लाभ उठाउने कम्पनीहरूले भने रेकर्डको आम्दानी गरेका छन् ।

युद्धमा पनि यी हुन् अर्बौं कमाइरहेका केही क्षेत्र र कम्पनी :

१. तेल र ग्यास

युद्धको सबैभन्दा ठूलो आर्थिक असर ऊर्जा मूल्यमा भएको वृद्धि हो । विश्वको करिब पाँचौं भाग तेल र ग्यास स्ट्रेट अफ होर्मुज हुँदै ढुवानी हुन्छ, तर फेब्रुअरी अन्त्यदेखि ती ढुवानी लगभग रोकिएका छन् । यसले ऊर्जा बजारमा मूल्यको तीव्र उतारचढाव ल्याएको छ, जसबाट विश्वका ठूला तेल तथा ग्यास कम्पनीहरूले फाइदा उठाएका छन् ।

विशेष गरी युरोपेली तेल कम्पनीहरू लाभमा रहेका छन्, किनकी उनीहरूको ट्रेडिङ शाखाले मूल्यको तीव्र परिवर्तनबाट नाफा कमाएको छ । बीपीको नाफा वर्षको पहिलो तीन महिनामा दोब्बरभन्दा बढी बढेर ३.२ अर्ब डलर पुगेको छ । सेलले पहिलो त्रैमासिकमा ६.९२ अर्ब डलर नाफा कमाएको जनाएको छ ।

टोटल इनर्जीको नाफा २०२६ को पहिलो त्रैमासिकमा झण्डै एकतिहाइले बढेर ५.४ अर्ब डलर पुगेको छ । अमेरिकी कम्पनी एक्सन मोबिल र चेभ्रोनको आम्दानी अघिल्लो वर्षको तुलनामा घटे पनि उनीहरूले विश्लेषकहरूको अनुमानभन्दा राम्रो प्रदर्शन गरेका छन् र तेलको मूल्य अझै उच्च भएकाले आगामी महिनामा नाफा बढ्ने अपेक्षा गरेका छन् ।

२. ठूला बैंकहरू
इरान युद्धका बेला केही ठूला बैंकहरूको नाफा पनि उल्लेखनीय रूपमा बढेको छ । जेभी मोर्गनको ट्रेडिङ शाखाले २०२६ को पहिलो तीन महिनामा ११.६ अर्ब डलर आम्दानी गरेको छ, जसले बैंकलाई इतिहासकै दोस्रो ठूलो त्रैमासिक नाफा दिलाएको छ । बैंक अफ अमेरिका, मोर्गन स्टेन्ली, सिटी ग्रुप, गोल्डम्यान स्क्यास, वेल फार्गो लगायत बिग सिक्स बैंकहरुको नाफा पनि उल्लेखनीय रूपमा बढेको छ । यी बैंकहरूले २०२६ को पहिलो तीन महिनामा कुल ४७.७ अर्ब डलर नाफा कमाएका छन् ।

विश्लेषक सुजाना स्ट्रिटरका अनुसार युद्धले सिर्जना गरेको अस्थिरताले ट्रेडिङ गतिविधि बढाएको छ । केही लगानीकर्ताले जोखिमयुक्त सेयर बेचे भने केहीले घटेको मूल्यमा खरिद गरे, जसले बजारमा पुनः वृद्धि ल्यायो ।

३. रक्षा क्षेत्र
हरेक युद्धमा सबैभन्दा छिटो फाइदा पुग्ने क्षेत्रमध्ये रक्षा उद्योग पनि एक हो । विश्लेषक एमिली सविचका अनुसार युद्धले हवाई सुरक्षाको कमजोरी उजागर गरेको छ, जसका कारण युरोप र अमेरिकामा मिसाइल प्रतिरक्षा, ड्रोन प्रतिरोधी प्रणाली र सैन्य उपकरणमा लगानी बढेको छ । युद्धले सरकारहरूलाई हतियार भण्डार पुनः भर्न आवश्यक बनाउने भएकाले रक्षा कम्पनीहरूको माग बढेको छ ।

बीएइ सिस्टमले यस वर्ष बिक्री र नाफामा बलियो वृद्धि हुने अपेक्षा गरेको छ । लर्कहिड मार्टेन, बोइङ,  नोर्थरोप ग्रुम्यानले २०२६ को पहिलो त्रैमासिकमा रेकर्डस्तरको अर्डर प्राप्त गरेको बताएका छन् । तर मार्च मध्यपछि रक्षा कम्पनीहरूको सेयर केही घटेका छन्, किनकि लगानीकर्ताले ती कम्पनीहरूको मूल्य अत्यधिक बढेको हुन सक्ने आशंका गरेका छन् ।

४. नवीकरणीय ऊर्जा
यो युद्धले जीवाश्म इन्धनमा निर्भरता घटाएर वैकल्पिक ऊर्जातर्फ जानुपर्ने आवश्यकता पनि देखाएको छ । विश्लेषक स्ट्रिटरका अनुसार यसले नवीकरणीय ऊर्जा क्षेत्रमा लगानीको चासो अत्यधिक बढाएको छ, अमेरिकामा समेत । फ्लोरिडास्थित नेक्स्टएरा इनर्जीको शेयर यस वर्ष १७ प्रतिशतले बढेको छ । डेनमार्कका पवन ऊर्जा कम्पनी ख्भकतबक र इचकतभम ले पनि उल्लेखनीय नाफा बढेको बताएका छन् ।

बेलायतमा अक्टोपस इनर्जीले युद्धपछि सौर्य प्यानल र हीट पम्पको बिक्रीमा ठूलो उछाल आएको जनाएको छ । फेब्रुअरीपछि सौर्य प्यानल बिक्री ५० प्रतिशतले बढेको छ । पेट्रोलको मूल्य बढेपछि विद्युतीय सवारीसाधनको माग पनि बढेको छ, विशेष गरी चिनियाँ उत्पादकहरूले यस अवसरबाट धेरै फाइदा उठाइरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here