कार्यकर्ता पक्राउ गर्न प्रहरीले गोली चलाएको विप्लवको दाबी

368

संखुवासभा– संखुवासभामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्तामाथि प्रहरीले गोली चलाएको खबर प्राप्त भएको छ ।

सिलिचोङ गाउँपालिका–१ मा गस्तीका लागि टोली गएको प्रदेश १ का प्रहरी प्रमुख डीआईजी ठाकुरप्रसाद ज्ञवालीले जनाएका छन्। उनले गोली चलेको घटनालाई सांकेतिक फायरिङ हनसक्ने भनेर प्रतिक्रिया दिएका छन् ।

यता प्रहरी प्रधान कार्यालयका एसपी रमेश थापाले भने संखुवासभाको हुइंला भन्ने ठाउँमा विप्लवका कार्यकर्ताले प्रहरीलाई लक्षित गरेर फायर खोलेको दाबी गरेका छन् । प्रहरीमाथि फायर खोलेर भाग्नेहरुलाइ प्रहरीले पनि गोली चलाएको उनको दाबी छ ।

प्रहरीका अनुसार अहिले त्यस क्षेत्रमा थप मद्दतको टोली पठाइएको छ । मानव क्षतिबारे विवरण प्राप्त भएको छैन ।

यता नेकपा सुत्रले भने आफ्नो कार्यकर्ता पक्राउ गर्न प्रहरीले गोली चलाएको दाबी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here