प्रतिनिधिसभा बैठक स्थगित

0

काठमाडौं । आज चलिरहेको प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

विपक्षी दलको अवरोधकाबीच बैठक अगाडि बढाएका सभामुख डोलप्रसाद अर्यालले होहल्ला चर्को सुनिँदै गएपछि बैठक स्थगित गरेका छन् । संसद्मा प्रधानमन्त्री बालेन शाह उपस्थित हुनुपर्ने भन्दै विपक्षीहरूले विरोध गरिरहेका छन् ।

त्यही विरोधकैबीचमा सभामुख अर्यालले कार्यसूची अघि बढाएका थिए । जसमा पर्यटनमन्त्री खडकराज पौडेलले पर्यटन विधेयक २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे । साेही प्रस्तावमा रास्वपाका केही सा‌ंसद छलफलमा सहभागी पनि भएका थिए । त्यसपछि सभामुख अर्यालले संसद् बैठक १५ मिनेका लागि स्थगित भएकाे सूचना दिएका हुन्र ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here