आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

6

 

काठमाडौं ।नुवाकोट, किस्पाङ गाउँपालिका-५ शान्तिबजार बस्ने ४० वर्षीय बिपना घलेको आफ्नै घरमा रहेको फेन्सी, कस्मेटिक तथा खुद्रा पसलमा करेन्ट सर्ट भई सोमबार राति आगलागी हुँदा करिब १ करोड रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

पर्सा, वीरगंज महानगरपालिका-१ बजार छप्कैया बस्ने गौतम कुमार साहले संचालन गरेको जीएस अर्ट एण्ड ट्रेडर्समा विद्युत सर्ट भई सोमबार राति आगलागी हुँदा करिब ६ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

रामेछाप, रामेछाप नगरपालिका-२ देउराली घर भई मन्थली नगरपालिका-१ खादँबारी चोकमा खाजा पसल गरी बस्ने गोपाल श्रेष्ठको ट्रष्टमा विद्युत सर्ट भई सोमबार राति आगलागी हुँदा करिब १५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

रौतहट, गुजरा नगरपालिका-८ जयराजपुर टोल बस्ने ५० वर्षीय अजिज मुकदर मंसुरीको गोठघरमा सोमबार राति आगलागी हुँदा करिब १ लाख २४ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्‍यक अनुसन्धान गरिरहेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here