श्रीकृष्ण महर्जन
पानीको मुहानसंग सम्वन्ध सिन्खः अर्थात् सिथि नखः पानीसँग पनि सम्वन्ध भएको पर्व हो । सिथि नखःको दिनदेखि नै धान रोपाइँ सुरु हुने मान्यता छ । कृषि कार्य आरम्भ हुन्छ । त्यसैले पानीसँग सम्बन्धित स्थानहरू सफा गर्ने काम पनि गरिन्छ । सिथि नखःअघि नै पानीको मुहान, बुँगा, ल्वहंहिति, तुं अर्थात इनार, पोखरी आदि सफा गरिन्छन् । इनार सफा गर्दा पहिले डोरीले बाँधेर पालामा तेल राखी बत्ति बाली सबै भन्दा पहिला बालेको बत्ति पठाउने गरिन्छ । सो क्रममा बत्ति अर्थात दीयो इनार भित्र निभ्यो भने इनारमा तत्काल जानु हुदैन भन्ने मान्यता छ । नाग देवता रिसाएको भन्ने गरिन्छ । बास्तवमा इनारमा कुनै नराम्रो ग्याँस भएको व अक्सिजन नभएको अवस्थामा दीयो निभ्ने हो । यस अर्थमा आफ्नै मुल्य मान्यता अनुसार कुन बेला इनार भित्र जान मिल्छ वा मिल्दै भन्ने मान्यता रहेको पाइन्छ । अक्सिजन नभएको तथा ग्यास भरिएको स्थानमा मानिस प्रवेश गर्दा बेहोस हुने वा दुर्घटना हुन सक्ने अवस्था आउँछ । त्यसैले नेवाः आदिवासी पुर्खाहरूले लामो अभ्यासबाट सिकेर यस्तो गर्न हुँदैन भनी समाजमा मूल्य–मान्यताको रूपमा स्थापित गरेका हुन् । साथै इनार र पानीका स्रोतहरू सफा गरी पानीलाई जमिनमा पठाउने काम पनि गरिन्थ्यो । इनार वा आफ्नो घरसंगै जोडेको फोहर फाल्ने साःगाः पनि सफा गरि त्यहाँबाट आएको फोहरलाई मलको रुपमा खेतमा राख्न जाने दिन पनि यहि सिथिनखःको दिन हो । आफ्नो खेतमा एकभारी भएपनि साः अर्थात ती मल राख्न जानुपर्ने मान्यता पनि रहेको छ । बाजा बजाउने नहुने बाजाका हिसाबले सबैभन्दा धनी नेवाःहरू नै हुन् । बाजा बजाउने, राख्ने र संरक्षण गर्ने काम धेरै अघिदेखि नेवाःहरूले गर्दै आएका छन् । वास्तवमा परम्परागत बाजा बजाउने अन्तिम दिन सिथि नखः हो भने त्यसपछि परम्परागत बाजा बजाउन पाउदैन । सिथि नखःपछि बाजा बजाउन हुदैन भन्ने मान्यता छ । यसको अर्थ सिथि नखःपछि सम्पूर्ण ध्यान खेतीपातीतर्फ दिनुपर्छ । अन्य कुनै कुरामा ध्यान दिनु हुँदैन भन्ने हो । कृषि कार्यको मूल काम धान रोपाइँ अर्थात् सिनाज्या भएकाले त्यसैमा ध्यान केन्द्रित गर्नुपर्छ भन्ने भावले सिथि नखःपछि बाजा बजाउन नहुने चलन रहेको देखिन्छ । नेवाः समुदायले परम्परागत बाजा रोपाईँ सकिएपछि मनाउने गथांमुगः अर्थात घण्टाकर्णको दिनदेखि मात्र बजनाउने गरिन्छ । धार्मिक मान्यता धार्मिक मान्यताअनुसार सिन्खः अर्थात् सिथि नखःको दिन कुमारको जन्म भएको दिन मानिन्छ । पौराणिक कथाअनुसार कुमार महादेव र पार्वतीका पुत्र हुन् । सिथि नखःका अवसरमा शहरका मुख्य स्थानहरूमा सिथि देवताको विशेष पूजा गर्ने चलन छ । सिथि देवता भनेका कुमार हुन् । सिथि देवतालाई बलम्बुवासीहरूले विशेष रूपमा बाजागाजासहित पूजा गर्ने चलन पनि छ । जेठ शुक्ल तृतीयाको दिनमा सिथि देवता अर्थात् कुमार देवताको न्हवं (महास्थान) गर्ने चलन छ । यही दिन महादेव र पार्वतीका पुत्र कार्तिकेय कुमारको जन्म भएको दिन मानिन्छ । त्यसैगरी रामले रावणलाई पराजित गरेको दिनका रूपमा पनि मानिन्छ । यसरी धार्मिक रूपमा पनि सिन्खः मनाइन्छ । सिथिनखःको दिनमा फयगुलि भनी एक प्रकारको कागजको पंखा बनाइ घुमानउने, खेतमा राख्नेदेखि आ आफ्नो घरको भूमिमा समेत पुजा गरिन्छ । यसरी भूमि पुजा, पानी तथा वातावरणको पुजा गर्ने दिन पनि सिथिनखः हो । सिथि नखःको दिनमा सिथि देवतालाई पुजाआजा गर्ने चलन छ । अन्तिम कुलपुजा अर्थात दिगु पूजा नेवाः समाजको एक महत्वपूर्ण पूजा कुलपुजा हो । कुलपुजालाई दिगु पूजा भनिन्छ । संस्कृतिमा विविधता भएका नेवाःहरू भएकाले दिगु पूजा गर्ने तरिकामा पनि विविधता पाइन्छ । सिथि नखःको दिनसम्ममा दिगु पूजा गरिसक्नुपर्छ भन्ने मान्यता छ । दिगु पूजा भनेको पुर्खा कुलको पूजा हो । कतिपयले नारांद्यः, भैलःद्यः, गणेद्यःको पूजा पनि गर्छन् । कतिपय स्थानमा दिगु द्यःको थानमा जीव बलि दिने चलन पनि छ । वास्तवमा दिगु द्यः अमूर्त देवताको रूप हो । ढुंगाको स्थापना गरेर पूजा गरिन्छ । दिगु पूजा र दिगु द्यःको अध्ययन गर्दा आफ्नो कुलमा जन्मेका सबैभन्दा पहिलो पुरुषलाई नै दिगु द्यःको रूपमा पूजा गरिएको देखिन्छ । पहिले पहिले जुन कुलमा पहिलो पुरुष जन्मिएको थियो, त्यसैको पूजा गरिन्थ्यो भने पछि समयक्रममा आ–आफ्ना स्थानमा स्थापित गरी पूजा गर्ने चलन विकसित भयो । खेतीपाती र धान रोपाइँका लागि विधि सिकाउने पुर्खाहरू नै भएकाले उनीहरूलाई सम्झेर पूजा गरेपछि मात्र धान रोपाइँको काम गर्नुपर्छ भन्ने मान्यताअनुसार सिथि नखःसम्म दिगु पूजा गरिँदै आएको हो । यस दृष्टिले हेर्दा सिन्खः अर्थात् सिथि नखः नेवाःहरूको मौलिक संस्कृति हो । नेवाःहरू आदिवासी हुन् भन्ने सन्देश दिने संस्कृति हो । प्रकृतिको पूजा गर्ने, आफ्ना पुर्खाको पूजा गर्ने तथा आफ्नै भूमिबाट संस्कृति र परम्परा पुस्तान्तरण हुँदै आएको छ भन्ने बुझाउने पर्वका रूपमा सिन्खः अर्थात् सिथि नखःलाई लिन सकिन्छ । थिमिइ जात्रा मध्यपुर थिमिमा सिथि नखःका दिन पद्मपाणी लोकेश्वरको जात्रा हुन्छ । यसलाई सिथि जात्रा पनि भनिन्छ । थिमिको गार्चाबाट मरु टोलसम्म बाजागाजासहित जात्रा निकालिन्छ । यस जात्रामा लोकेश्वरलाई घर–घरमा समेत लगिने चलन छ । जात्राअघि पारुका दिन न्हवं महास्नान गरिन्छ । जीवन निर्वाहका लागि आवश्यक पानी र अन्न उत्पादन गराउने देवताका रूपमा पद्मपाणी लोकेश्वरलाई मानिन्छ । थिमिको पद्मपाणी र यलको बुंगद्यः पद्मपाणी लोकेश्वर एउटै देवता मानिन्छन् । तत्कालीन अवस्थामा भक्तपुरमा महामारी शान्त पार्न यलका गुरुहरूले गंगा महारानीबाट थिमिमा स्थापना गराएको भन्ने प्राचीन कथा छ । सिथि द्यःको जात्रा जेठ शुक्ल षष्ठीका दिन बेलुकी काठमाण्डौ शहरको मुख्य चोक जैसीदेवलमा कुमार देवताको मूर्ति राख्ने चलन छ । त्यस दिन होम लगायत पूजा पनि गरिन्छ । अनि सिथि नखःको भोलिपल्ट उक्त मूर्तिको जात्रा गर्ने चलन छ । देवतालाई खतमा राखेर जात्रा गरिन्छ । ती देवतालाई सिथि द्यः भन्ने गरिन्छ । सिथि द्यः राखिएको दिन अर्थात् सिथि नखःको भोलिपल्ट बलम्बुवासीहरूले बाजा बजाई, काँहा बाजा बजाउँदै देवताको दर्शन तथा पूजा गर्ने चलन छ । बलम्बुवासीहरू लावालस्करसहित बलम्बुबाट आएर सिथि द्यःप्रति भावभक्ति प्रकट गर्दै पूजा गरी आफ्नो मौलिक परम्परालाई जोगाउँदै नेपालको ऐतिहासिक पक्षलाई जीवन्त बनाइरहेका छन् । सिथि द्यःलाई बलम्बुको कायमचाको रूपमा मानिएकाले त्यहाँसम्म गएर दर्शन गर्ने चलन रहेको छ । हिन्दु धर्मको दृष्टिकोण सिथिनखः अर्थात सिन्खःको दिनमा महादेवका पुत्र कुमारको जन्मदिनका रूपमा मानिन्छ । कार्तिकेय कुमार जन्मिएर तारकासुर राक्षसको वध गरेको कुरा बताइन्छ । त्यस दिन कुमारले तारकासुरको वध गरेका थिए भनिन्छ । साथै कुमारले वध गरेको दिन षष्ठी तिथि भएकाले त्यसै तिथिको आधारमा सिथि भनिएको र त्यही दिनको पर्वलाई सिथि नखः भनिएको हो भन्ने जनविश्वास छ । षष्ठीबाटै सिथि भएको मानिन्छ । बौद्ध धर्मको दृष्टिकोण बौद्ध धर्मअनुसार सिन्खःको दिन भगवान बुद्धले महासत्व राजकुमारका रूपमा जन्म लिएर नमोबुद्धमा एउटा बाघिनी र उसका छाउराहरूलाई भोकले मरिरहेका देखेपछि आफूलाई नै आहारका रूपमा अर्पण गरी करुणाको महान उदाहरण प्रस्तुत गरेका थिए । पछि त्यही महासत्व राजकुमारले निर्वाण प्राप्त गरेको दिनका रूपमा पनि यसलाई मानिन्छ । त्यसैले सिन्खःको दिन महासत्व राजकुमारको सम्झना गर्ने चलन पनि छ । बौद्ध वा हिन्दु धर्मले सिथिनखः अर्थात सिन्खःलाई आ–आफ्नै ढंगले व्याख्या गरे पनि नेवाःहरूले भने यसलाई पानी, सरसफाइ अर्थात् वातावरण, जमिन तथा धान उत्पादनसँग सम्बन्धित दिनका रूपमा, साथै विभिन्न प्रकारका गेडागुडीका वः बनाइ खाने संस्कृति हो । यस पर्वको आफ्नै सामाजिक मूल्य–मान्यता रहेको छ र आदिवासी नेवाः समाजको मौलिक पर्वका रूपमा सिन्खःलाई लिन सकिन्छ ।
सिथि द्यःको जात्रा जेठ शुक्ल षष्ठीका दिन बेलुकी काठमाण्डौ शहरको मुख्य चोक जैसीदेवलमा कुमार देवताको मूर्ति राख्ने चलन छ । त्यस दिन होम लगायत पूजा पनि गरिन्छ । अनि सिथि नखःको भोलिपल्ट उक्त मूर्तिको जात्रा गर्ने चलन छ । देवतालाई खतमा राखेर जात्रा गरिन्छ । ती देवतालाई सिथि द्यः भन्ने गरिन्छ । सिथि द्यः राखिएको दिन अर्थात् सिथि नखःको भोलिपल्ट बलम्बुवासीहरूले बाजा बजाई, काँहा बाजा बजाउँदै देवताको दर्शन तथा पूजा गर्ने चलन छ । बलम्बुवासीहरू लावालस्करसहित बलम्बुबाट आएर सिथि द्यःप्रति भावभक्ति प्रकट गर्दै पूजा गरी आफ्नो मौलिक परम्परालाई जोगाउँदै नेपालको ऐतिहासिक पक्षलाई जीवन्त बनाइरहेका छन् । सिथि द्यःलाई बलम्बुको कायमचाको रूपमा मानिएकाले त्यहाँसम्म गएर दर्शन गर्ने चलन रहेको छ । हिन्दु धर्मको दृष्टिकोण सिथिनखः अर्थात सिन्खःको दिनमा महादेवका पुत्र कुमारको जन्मदिनका रूपमा मानिन्छ । कार्तिकेय कुमार जन्मिएर तारकासुर राक्षसको वध गरेको कुरा बताइन्छ । त्यस दिन कुमारले तारकासुरको वध गरेका थिए भनिन्छ । साथै कुमारले वध गरेको दिन षष्ठी तिथि भएकाले त्यसै तिथिको आधारमा सिथि भनिएको र त्यही दिनको पर्वलाई सिथि नखः भनिएको हो भन्ने जनविश्वास छ । षष्ठीबाटै सिथि भएको मानिन्छ । बौद्ध धर्मको दृष्टिकोण बौद्ध धर्मअनुसार सिन्खःको दिन भगवान बुद्धले महासत्व राजकुमारका रूपमा जन्म लिएर नमोबुद्धमा एउटा बाघिनी र उसका छाउराहरूलाई भोकले मरिरहेका देखेपछि आफूलाई नै आहारका रूपमा अर्पण गरी करुणाको महान उदाहरण प्रस्तुत गरेका थिए । पछि त्यही महासत्व राजकुमारले निर्वाण प्राप्त गरेको दिनका रूपमा पनि यसलाई मानिन्छ । त्यसैले सिन्खःको दिन महासत्व राजकुमारको सम्झना गर्ने चलन पनि छ । बौद्ध वा हिन्दु धर्मले सिथिनखः अर्थात सिन्खःलाई आ–आफ्नै ढंगले व्याख्या गरे पनि नेवाःहरूले भने यसलाई पानी, सरसफाइ अर्थात् वातावरण, जमिन तथा धान उत्पादनसँग सम्बन्धित दिनका रूपमा, साथै विभिन्न प्रकारका गेडागुडीका वः बनाइ खाने संस्कृति हो । यस पर्वको आफ्नै सामाजिक मूल्य–मान्यता रहेको छ र आदिवासी नेवाः समाजको मौलिक पर्वका रूपमा सिन्खःलाई लिन सकिन्छ ।


















