काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका-८ कपाली टोलमा आगलागी भएको छ ।
प्रहरी वृत्त जगाती भक्तपुरका अनुसार नवराज भट्टले सञ्चालन गरेको कवाडी पसलमा आज बिहान करिब साढे ६ बजेतिर आगलागी भएको हो ।
बिजुलीको तार सर्ट भएर कवाडी पसलमा आगलागी भएको हुन सक्ने डीएसपी दीपक कार्कीले बताए ।
उनले भने, ‘जस्ता र फलामले बनेको कवाडी पसलमा बिजुलीको तार सर्ट भएर आगलागी भएको भन्ने छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’
प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने काम भएको छ ।


















