भारतसँग के गर्ने ? प्रधानमन्त्रीलाई वामदेव गाैतमकाे सुझाव
काठमाडौं । राष्ट्रिय सभा सदस्य समेत रहनु भएका नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय एकता अभियानका अध्यक्ष बामदेव गौतमले भारत भ्रमणको तयारीमा रहनु भएका प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ लाई चार बुँदे सुझाव दिनु भएको छ...
नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीलाई कारबाही गर्नुपर्ने माग गर्दै प्रदर्शन
काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीलाई कारबाही गर्नुपर्ने माग गर्दै सिंहदरबारअगाडि प्रदर्शन गरेका छन् ।
समाजले सिंहदरबारको दक्षिणतर्फको प्रवेशद्वार अगाडि प्रदर्शन गरेका थिए । प्रहरीले केही प्रदर्शनकारीलाई पक्राउ...
‘साना दल र स्वतन्त्र सांसदलाई संसदमा उपेक्षा गरियो’
काठमाडौं । सङ्घीय संसद्मा प्रस्तुत भएको सङ्घीय संसद् संयुक्त बैठक र संयुक्त समिति नियमावली मस्यौदाले साना दल र स्वतन्त्र सांसदलाई उपेक्षा गरेको सांसदहरुले बताउनुभएको छ ।
‘सङ्घीय संसद्को संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को मस्यौदा...
कालापानीलगायत नेपाली भूमि फिर्ता लिनेबारे भारतसँग छलफल गर्छुः प्रधानमन्त्री दाहाल
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणका बेला लिपुलेक, कालापानीलगायतका नेपाली भूमि फिर्ता लिनेबारे उपयुक्त तरिकाले छलफल गर्ने बताएका छन्।
नेपालको सीमा सुरक्षाबारे आफूले भारत भ्रमणको क्रममा गम्भीरतापूर्वक छलफल गर्न ध्यान दिने प्रधानमन्त्री दाहालको...
जलहरी सम्बन्धी विषय प्रमुख प्रतिपक्षी नेतालाई जोडेर सदनमा विचार व्यक्त हुनु अनुचित : प्रधानमन्त्री
काठमाडौं। पशुपतिको मन्दिरमा लगाइएको जलहरी सम्बन्धमा संसद्मा प्रस्तुत धारणाका सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्पष्टीकरण दिएका छन्।
शनिबार बेलुकी बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले जलहरी सम्बन्धी विषय प्रमुख प्रतिपक्षी नेतालाई जोडेर सदनमा विचार व्यक्त हुनु...
जलहरी प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति बनाउन माग
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले पशुपतिको जलहरी प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति बनाउन माग गरेका छन्।
शुक्रबार संसद् भवनबाहिर सञ्चारकर्मीसँग बोल्दै शाहीले आजै छानबिन समिति गठन गर्नुपर्ने बताएका हुन्।
उनले भने,...
एस पार्टीले नक्कली भूटानी शरणार्थी प्रकरणविरुद्ध थप सङ्घर्षका कार्यक्रम गर्ने
काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)ले नक्कली भूटानी शरणार्थी प्रकरणविरुद्ध थप सङ्घर्षका कार्यक्रम गर्ने भएको छ। सो पार्टीको मोर्चा सङ्गठन विभागको नवौँ बैठकले नक्कली भूटानी शरणार्थी प्रकरणविरुद्ध थप आन्दोलनको घोषणा गरेको हो।
यही जेठ १६ गते...
सरकारको कार्यक्रमविहीन वार्षिक नीति !
सरकारको नीति छ, कार्यक्रममा कुनै योजना छैन !
काठमाडौं/सरकारले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आफ्ना कार्यक्रम र योजना नसमेटी सार्वजनिक गरेको छ । सरकारले यही नीति तथा कार्यक्रमअनुसार बजेट...
नेकपाको नवौँ केन्द्रीय समितिको बैठक सुरु
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको नवौँ केन्द्रीय समितिको बैठक सुरु भएको छ।
कपिलवस्तुस्थित पार्टी केन्द्रीय कार्यालय शिबगढीमा सुरु भएको उक्त नवौँ केन्द्रीय समितिको एकताको बिशेष बैठकमा महासचिव विप्लव सी ले ‘क्रान्तिकारी बिचको एकतालाई अगाडि बढाऊ,एकीकृत...
मुख्यमन्त्रीहरूको बैठक स्थगित
काठमाडौं । सातवटै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक स्थगित भएको छ।
गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजनामा प्रदेश सरकारको अनुभव आदानप्रदान गर्ने उद्देश्यले भोलि बुधबार पोखरामा अन्तर प्रदेश मुख्यमन्त्री बैठक बस्ने भनिएको थियो।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको...






















