हाच्छिउँ रोक्ने प्रयास गर्नुहुन्छ ? होसियार ! तपाईंको लागि प्राणघातक हुन सक्छ

442

हाच्छिउँ आउने विभिन्न कारण हुनसक्छन् । जस्तो कि धुँवा, धूलो–माटो, सब्जीहरुको तिव्र खार वा कुनै चिजको तिव्र गन्ध । यसको साथसाथै जाडो मौसममा, आद्रता वा तापमानमा गिरावट, कुनै खानाबाट हुने एलर्जी वा औषधीको प्रतिक्रियास्वरुप पनि हाच्छिउँ आउँछ । हाच्छिउँ रोक्ने प्रयास तपाईंको लागि प्राणघातक हुन सक्छ भनेर कहिल्यै सोच्नुभएको छरु

इंग्ल्यान्डको लेस्टर शहरमा ३४ वर्षीय एक व्यक्तिको उपचारको क्रममा के पत्ता लाग्यो भने, हाच्छिउँ रोक्ने कोसिसका कारण उसको घाँटीका कोशिकाहरु फाटेका थिए।

साइन्स जर्नल बिएमजे केस रिपोर्टमा डाक्टरहरुले जनाएका छन्- जब हाच्छिउँ रोक्ने कोसिस गरिन्छ, यसबाट तपाईंको कानमा असर पर्न सक्छ। यसका साथै मस्तिष्कको नसा फाट्न पनि सक्छ।

३४ वर्षीय पीडितले आफूले हाच्छिउँ रोकेपछि गर्धनमा केही समस्या देखिएको जनाएका छन्। त्यस लगत्तै गर्धनमा निकै पीडा महसुस भयो। खानेकुरा निल्न समस्या हुन थाल्यो र बोल्न समेत गाह्रो भइरहेको थियो। जब डाक्टरहरुले उनको परीक्षण गरे, उनको गर्धनको भाग सुन्निएको पत्ता लाग्यो।ती युवकको एक्स-रे गर्दा हाच्छिउँ रोक्ने कोसिसको क्रममा दबावका कारण श्वासनलीका कोशिकाहरु फाटेको देखियो।

उनको उपचार भएको ठाउँ लेस्टर रोयल इन्फर्मरीको नाक, कान, घाँटी विभागका डाक्टरले जनाए, ‘नाक र मुख बन्द गरेर हाच्छिउँ गर्नु खतरनाक हुन सक्छ र यसबाट बच्नु जरुरी छ।’

हाच्छिउँ सम्बन्धी ७ रोचक तथ्य :

१) हाच्छिउँ गर्दा निस्कने वायु, पानी तथा धुलोका कणका गति १६० किलोमिटर प्रतिघन्टासम्म पुग्न सक्छ।
२) हाच्छिउँ गर्दा निस्कने किटाणुहरु ९ मिटर अर्धव्यासको क्षेत्रसम्म फैलन सक्छ।
३) हाच्छिउँ गर्दा शरीरको सिस्टम रिस्टार्ट हुन्छ र शरीरमा पुनस्फुर्ति ल्याँउछ।
४) धुँवा, धुलो, चिसो एलर्जी बाहेक सूर्यको किरण पनि हाच्छिउँको कारण बन्न सक्छ। करीब चार मध्ये एक जनामा यो प्रभाव देखिन्छ।
५) नाक भित्र रहेका खराब पदार्थ एकै पटक बाहिर ननिस्कने हुँदा हाच्छिउँ दुई तीन पटकसम्म लगातार आउन सक्छ।
६)हाच्छिउँ गर्दा हाम्रो आँखा आफै बन्द हुने गर्छ ।
७) हाच्छिउँ गर्दा मुटुको धडकनको गति पूर्ण रुपले बन्द त हुँदैन तर घट्छ ।

हाच्छिउँ आउने समस्याबाट मुक्त हुनको लागि घरमै बसेर निम्न उपाय अपनाउन सकिन्छ :

पुदिनाको तेल
रुघाखोकी वा नाकमा कुनै समस्याका कारण पनि हाच्छिउँ आउँछ भने पुदिनाको तेलको प्रयोग उपयोगी हुन्छ । यसमा जीवाणुरोधी ९एन्टी–ब्याक्टेरिया० गुण हुन्छ । उपचारको लागि एउटा ठूलो भाँडोमा पानी उमालेर त्यसमा पुदिनाको तेलको ५ थोपा राख्नुहोस् । एउटा रुमाल वा तौलियाले टाउको ढाकेर बाफ लिनुहोस् । यसो गर्दा हाच्छिउँ आउन धेरै राहत मिल्छ ।

सुपको चिया
सुपको प्रयोगबाट पनि यो समस्या कम हुन्छ । यसले कयौं श्वाससम्बन्धी संक्रमणसँग लड्ने क्षमता राख्छ । यसमा पनि कयौं एन्टीबायोटिक र एन्टी भाइरल गुण हुन्छ । उपचारको लागि एक कप पानी उमालेर त्यसमा दुई चम्चा सुपलाई पिँधेर हाल्नुहोस् । झण्डै १० मिनेट पानीलाई ढाकेर राख्नुहोस् र त्यसलाई छानेर पिउनुहोस् । यस्तो चियालाई दिनमा दुईपटक पिउनुहोस् ।

कालो मरिच
मनतातो पानीमा आधा चम्चा कालो मरिच हालेर यो मिश्रणलाई दिनमा दुईदेखि तीनपटक पिउनुहोस् । कालो मरिचको पाउडर राखेको मनतातो पानीले कुल्ला गर्न पनि सकिन्छ । सुप पानीमा पनि कालो मरिच राखेर पिउँदा पनि लाभदायक हुन्छ ।

अदुवा
हाच्छिउँ आउने समस्यामा अदुवा पनि महत्वपूर्ण औषधी हो । यसले विभिन्न किसिमका भाइरस र नाकका अन्य समस्याहरुका लागि पनि ठिक बनाउँछ । एक कप पानीमा थोरै अदुवा राखेर उमाल्नुहोस् । यो पानी मनतातो भएपछि मह मिलाएर पिउनुहोस् । यसको साथै काँचो अदुवा वा अदुवाको चिया पनि पिउन सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here