९४ घण्टासम्म टिभी हेरेर कीर्तिमान

188

२५ वर्षका अलेज्यान्द्रो फ्रागोसोले निरन्तर ९४ घण्टासम्म टेलिभिजन हेरेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा लामो समय टेलिभिजन हेर्ने कीर्तिमान आफ्नो नाममा लेखाएका छन् । यसअघि ९२ घण्टा निरन्तर टेलिभिजन हेर्दै अस्ट्रियाका एक व्यक्तिले यो कीर्तिमान राखेका थिए ।
न्युर्योकका फ्रागोसोले अन्य प्रतिस्पर्धीसागै टेलिभिजन अगाडि बसेर सिरियल हेर्न सुरु गरे । मल्टिमिडिया सफ्वेयर कम्पनी साइबर लिंकले गरेको यस्तो प्रतिस्पर्धामा पहिलो स्थान हासिल गर्ने क्रममा उनले विश्व कीर्तिमान नै तोडे । उनले शुक्रबारदेखि मंगलबार बिहानसम्म निरन्तर टिभी हेरेका थिए । यस कीर्तिमान कायम गर्ने क्रममा शारीरिक तथा मानसिक रूपमा निकै कठिनाइ भएको फ्रागोसोले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here