काठमाडौं/ फेब्रुअरी ५ को दिनलाई काश्मीरमा भारतले अनाधिकृत कब्जा गरेको दिनको रूपमा विश्वभरि नै काश्मीरप्रति ऐक्यबद्धता जनाउादै पाकिस्तानी सरकारले ‘काश्मीर ऐक्यबद्धता दिवस’ मनाउादै आएको छ । काश्मीरलाई काश्मीरी जनताको इच्छाबमोजिम स्वतन्त्र रहन पाउनुपर्नर्े अडान लिंदै पाकिस्तानले भारत सरकारमाथि दवाव सृजना गरिरहेको छ । संयुक्त राष्ट्रसंघले पनि काश्मीरमा जनमत सग्रह गराउनुपर्ने प्रस्ताव पहिलेदेखि राख्दै आएको हो । यस वर्ष पनि पाकिस्तानले विश्वभरिका आफ्ना दूतावासहरूमार्फत् गत ५ फेब्रुअरीका दिन ‘काश्मीर ऐक्यबद्धता दिवस’ मनायो ।
काठमाडौंस्थित पाकिस्तानी दूताबासमा पनि सो दिवस मनाइएको थियो ।
एक कार्यक्रममा नेपाली वक्ताहरूले पनि काश्मीरी जनताप्रति ऐक्यबद्धता जनाएका थिए । गोरखा एक्सप्रेस साप्ताहिकका सम्पादक वरिष्ठ पत्रकार राजन कार्कीले निर्धा र कमजोरहरूको मानवअधिकार हुन्छ कि हुादैन ? भन्दै काश्मीरमा भारतीय ज्यादतिको भत्र्सना गर्नुभएको थियो । सोही कार्यक्रममा र।ाजनीतिक विश्लेषक डा.शास्त्रदत्त पन्तले पनि काश्मीरी जनतामाथि भारत सरकारको दमन निन्दाजनक भएको विचार राख्नुभएको थियो ।
सो कार्यक्रममा भारत सरकारले ७० वर्षदेखि त्यहाा गर्दै आएको वर्वर दमनकारी गतिविधिबाट सृजना भएका अवस्थालाई भिडियो र पुस्तिकाहरूमार्फत् प्रदर्शन गरिएका थिए । (- जनधारणा साप्ताहिक)


















