काठमाडौं / प्युठान काठमाडौँ नेवाः समाजको ११ औ वार्षिक साधारणसभा तथा छैठौ अधिबेसन सम्पन्न भएको छ । साधारण सभा शताब्दी पुरुष स्रद्धय श्री सत्यमोहन जोशीको प्रमुख आतित्थमा सम्पन्न भएको हो । पुर्व न्यायाधीश श्री कुलबहादुर श्रेष्ठ र पुर्व प्रधान न्यायाधीश श्री कल्याण श्रेष्ठको बिशेष उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि र विशेष अतिथिहरुको सम्मान गरिनुका साथै मानार्थ सदस्यता प्रदान गरिएको थियो । कमलादीको ऋध् पार्टी प्यालेसमा आयोजित सो कार्यक्रममा प्युठान जिल्लाको शिक्षा क्षेत्रमा लामो समयदेखि विशेष योगदान पु¥याए वापत श्री अस्टकुमार श्रेष्ठ र श्री बासुदेब नकर्मी, स्थानीय निकायको चुनाबमा विजय भएका प्यूठान नगरपालिका मेयर श्री अर्जुनकुमार कक्षपति,वडाध्यक्ष लक्ष्मीप्रकाश राजभण्डारी, मल्लरानी गाउँपालिकाका ४ न. वडाध्यक्ष श्री कुमार श्रेष्ठलाई सम्मान गरिएको थियो । त्यस्तै प्युठान जिल्लाबाट एस.ई.ई. २०७३ बाट पास भएका ६ जना छात्राछात्रहरु तथा प्युठान क्याम्पसमा अध्ययन गर्ने ४ जना छात्राहरुलाई छात्रवृति प्रदान गरिएको थियो ।

उक्त कार्यक्रममा पुर्व न्यायाधीश श्री कुलबहादुर श्रेष्ठले रु. ५,००,००० को छात्रवृति अक्षयकोष तथा पुर्व एस.एस.पी.श्री जीबन श्रेष्ठले रु. १,००,००० को छात्रवृति अक्षयकोष स्थापना गरिदिनु भएको छ । प्युठान जिल्लामा घर भई काठमाडौँ उपत्यकामा बसोबास गर्दै आएका नेवाः समुदायको पहलमा २०६१ सालमा स्थापना भएको समाजले आर्थिक बर्ष २०७३÷७४ मा गरेका कार्य प्रगति तथा आर्थिक कारोबारको जानकारी गराउदै आगामी समयमा प्युठान जिल्लाबासीहरुको बृहत हितलाई मध्येनजर गर्दै अन्य कार्यक्रमहरु गर्ने प्रतिबद्धताका साथ लालचन्द प्रधानज्यूको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरि सम्पन्न गरेको छ ।


















