नयाँ वर्षमा आइएमईका उपहारै उपहारको योजना

220

काठमाडौं । आइएमई लिमिटेडले नयाँवर्ष २०७५ लाई लक्षित गरी ‘नयाँवर्षको बहार आइएमई गर्दा उपहारै उपहार’ नामक व्यापार प्रवद्र्धनात्मक योजना सार्वजनिक गरेको छ ।

 
यही चैत १ गतेदेखि आगामी जेठ मसान्तसम्म तीन महीना सञ्चालन हुने यस योजना अन्तर्गत विदेशबाट आइएमई गर्ने सेवाग्राहीले साप्ताहिक ‘लक्की ड्र’मा डिस होम, मासिक ‘लक्कीड्र’मा स्मार्ट फोन र बम्पर ‘लक्कीड्र’ मा ४२ इन्चको एलइडी टिभी प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ । योजना अवधिमा गरिएका कारोबारहरूको ‘लक्की ड्र’ ट्रान्जेक्सन नम्बरका आधारमा सफ्टवेयर पद्धतिमार्फत हुने र सोको जानकारी कम्पनीका आधिकारिक सामाजिक सञ्जाल पेज र सञ्चारका माध्यममार्फत सार्वजनिक गरिने बताइएको छ ।

 
त्यस्तै मलेसियास्थित रिया आइएमईले नेपाली नयाँ वर्ष २०७५ को अवसरमा ‘न्यू इयर बोनञ्जा’ स्किम सार्वजनिक गरेको छ । यो योजना यही चैत ६ गतेदेखि आगामी वैशाख १७ गते (तदनुसार २० मार्चदेखि ३० अप्रील, २०१८)सम्म लागू हुनेछ । योजना अन्तर्गत मलेसियास्थित रिया आइएमईबाट आइएमई गर्ने सेवाग्राहीले पाक्षिक रूपमा स्मार्ट फोन र महीनाको अन्त्यमा ३२ इन्चको एलइडी टिभी प्राप्त गर्नसक्नेछन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here