भारतीयहरु किन झुटो बोल्छन् ?

274

काठमाडौं/ हिजो जुलाई १८ कै दिन अर्थात् सन् १९४७ जुलाई १८ मा बेलायती संसद्ले ‘इन्डिया इन्डिपेन्डेन्स एक्ट’ पारित गरेको थियो । इतिहास ढाँटेर भारतीयहरू भन्ने गर्छन्, हामीले संघर्ष गरेर ब्रिटिशहरूलाई भगायौँ । तर यथार्थ यही हो कि भारतको जन्म बेलायती संसद्को गर्भबाट भएको थियो । त्यो एक्टले भारत मात्र होइन पाकिस्तान पनि जन्माएको थियो र नेपालको जमिन पनि स्वतन्त्र गरिदिएको थियो । त्यो एक्टमा नेपालको जमिनमाथिको बेलायती उपनिवेश भारत र पाकिस्तानमा हस्तान्तरण हुनेछ भनेर कतै भनिएको छैन बरु त्यसमा हामी ब्रिटिशहरू आउनुभन्दा अघि यो क्षेत्र राजनीतिक रूपमा जस्तो अवस्थामा थियो हामी त्यही रूपमा छोडेर जाँदैछौँ भनिएको छ ।

नेपालसँग बेलायतले गरेको सुगौली सन्धि पनि त्यही दिन रद्द भएको हो । सन् १९५० जुलाई ३१ को नेपाल–भारत सन्धिको धारा १ र ८ ले त यही सत्यलाई पुष्टि गरेको छ । तर नेपालका नेताहरुले आफ्नो देशको भूमि फिर्ता लिन प्रयास पनि गरिरहेका छैनन् भने भारत पक्षले फिर्ता दिन चाहना गर्ने त झन् प्रश्नै भएन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here