वसन्तपुरमा सामुहिक अनसन

135

काठमाडौं ।

वसन्तपुरमा सामुहिक अनसन
काठमाडौं । काठमाडौं वसन्तपुरमा सामुहिक नागरिक सत्याग्रह शुरु भएको छ । विगत २३ दिनदेखि अनशनरत डा. गोविन्द केसीका मागमा समर्थन जनाउन शंख बजाएर सत्याग्रह सुरु गरिएको हो ।

सोलिडारिटी फर डा. केसी अलायन्सको अगुवाइमा बिहान १० बजेदेखि शुरु सत्याग्रह साँझ ५ बजेसम्म जारी रहने छ । समाचार तयार पार्दासम्म ६० जना सत्याग्रहमा सहभागी भएका छन् । ५ बजेसम्म दुर्इ सय जना सहभागी हुने जनाइएको छ ।

सत्याग्रहमा चिनिएका अनुहारभन्दा पनि सर्वसाधारणहरुको बाक्लो उपस्थिति रहेको छ । चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारका माग राख्दै अनशनरत डा. केसीको माग सम्बोधनका लागि प्रबुद्ध नागरिक समाजले दबाव बढाउँदै लगेका छन् । उनीहरूले शनिबार राजधानीमा प्रदर्शनसमेत गरेका थिए ।

वसन्तपुरमा सामुहिक नागरिक सत्याग्रह शुरु भएको छ । विगत २३ दिनदेखि अनशनरत डा. गोविन्द केसीका मागमा समर्थन जनाउन शंख बजाएर सत्याग्रह सुरु गरिएको हो ।

सोलिडारिटी फर डा. केसी अलायन्सको अगुवाइमा बिहान १० बजेदेखि शुरु सत्याग्रह साँझ ५ बजेसम्म जारी रहने छ । समाचार तयार पार्दासम्म ६० जना सत्याग्रहमा सहभागी भएका छन् । ५ बजेसम्म दुर्इ सय जना सहभागी हुने जनाइएको छ ।

सत्याग्रहमा चिनिएका अनुहारभन्दा पनि सर्वसाधारणहरुको बाक्लो उपस्थिति रहेको छ । चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारका माग राख्दै अनशनरत डा. केसीको माग सम्बोधनका लागि प्रबुद्ध नागरिक समाजले दबाव बढाउँदै लगेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here