काठमाडौं / अहिंसात्मक विचारधारामा विश्वास राख्ने जैन धर्मका अनुयायीहरु धार्मिक, सामाजिक कार्यक्रमका अतिरिक्त नाफारहीत परोपकारी कार्यक्रमहरुको आयोजनामा पनि अग्रणी रहदै आएका तेरापंथ महिला मण्डलकी अध्यक्ष रश्मि जैन एवं पूर्ण महिला मण्डलको नेतृत्वमा २४ अगष्ट र १ सेप्टेम्बर २०१८ को दिन नेपाल मेडिसिटी अस्पतालमा स्वास्थ्य परीक्षण कार्यक्रमको आयोजना गरिएको छ ।
तेरापंथ महिला मण्डलको अगुवाईमा मानव स्वास्थ्यलाई महत्व दिदै प्रत्येक नागरिकहरुले सबैभन्दा पहिले आफ्नो स्वास्थ्य प्रति ध्यान दिई सुखी र समृद्ध राष्ट्रको लागि काम गर्नुपर्ने उद्देश्यले महिला र पुरुष लगायतका महानुभावहरुलाई अभिप्रेरित गरी स्वास्थ्य परीक्षणको कार्यक्रमको आयोजना गरिएको छ ।
विश्वस्तरीय स्वास्थ्य उपचारबाट सबै नागरिकहरुले लाभ पाउन र स्वास्थ्य सबै नागरिकहरुको पहुंचमा होस् भन्ने हेतुले समाजसेवी एवं उद्योगपति डा. उपेन्द्र महतो तथा डा. समता प्रसादले उत्कृष्ट पूर्वाधार एवं प्रविधियुक्त नेपाल मेडिसिटी अस्पतालको स्थापना गर्नु भएको हो ।
स्वास्थ्य सबै नागरिकहरुको पहुंचमा पुर्याउन यस अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमको माध्यमबाट गुणस्तरीय स्वास्थ्य सेवालाई सुलभ बनाई आम नागरिकहरुले पनि यसको सेवा लिन सक्ने ब्यवस्था गरेको छ ।
समाजसेवी एवं उद्योगपति डा. उपेन्द्र महतोको सपनालाई साकार बनाउन नेपाल मेडिसिटी अस्पतालले Prevention is better than cure को अभियानलाई Preventive Health को माध्यमबाट सार्थक रुपमा अगाडि बढाई अस्पतालमा वेलनेश विभागको स्थापना गरी सबै नागरिकलाई आफ्नो स्वास्थ्य प्रति सजग रहन अभिपे्ररित गरेको छ ।
तेरापन्थ महिला मण्डलहरुको अहिंसा, सदाचार, नैतिकता र नशामुक्तिको अभियान प्रति ऐक्यबद्धता जनाउदै नेपाल मेडिसिटी अस्पतालले तेरापन्थी महिलाहरुको पहलमा हुने स्वास्थ्य परीक्षण कार्यक्रमलाई निरन्तर रुपमा सहयोग गर्नेछ । आजको स्वास्थ्य परीक्षण कार्यक्रममा करिब १०१ जनाले स्वास्थ्य परीक्षणको लाभ लिनेछन् ।























