घरमै बसेर जियोमेट उपकरणद्वारा हरेक गतिविधिको जानकारी

300

इटहरी/ जियोमेट ट्रयाकिङ प्रणालीद्वारा सवारीसाधन र मानिसको गतिविधिसम्बन्धी यथार्थ जानकारी दिने उपकरण टेलिमेट्रिक्स टेक प्राइभेट लिमिटेडले बजारमा ल्याएको छ । शहरीकरणसँगै मानिसको जीवन व्यस्त बन्दै गएको तथा बढ्दो शहरीकरणले ल्याएको व्यस्ततामा थुप्रै आपराधिक क्रियाकलाप वृद्धि भइरहेका बेला यो प्रविधि बजारमा ल्याइएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

घरमै बसेर उक्त उपकरणले हरेक गतिविधिको जानकारी दिने उपकरणको मुख्य विशेषता भएको पनि जानकारी दिइएको छ । सवारीका सधानसहित अन्य उपकरणमासमेत यो प्रविधि जडान गर्दा सामान हराए वा सवारीसाधन प्रयोग गरी कसैले आपराधिक कार्य गरे पनि त्यो उपकरणले समय तालिकासहित सबै सूचना दिने भएकाले यो प्रविधि प्रभावकारी हुने जनाइएको  छ ।

पत्रकार सम्मेलनमा कम्पनीका तर्फबाट नेपालका बिक्री प्रबन्धक जीवन गैरेले जुनसुकै आपराधिक क्रियाकलापसम्बन्धी जान्न उक्त उपकरण ज्यादै उपयागी रहने दाबी गर्नुभयो । रु १० हजारदेखि २० हजारको लागतमा उक्त जियोमेट उपकरण जडान गरेर आफ्नो मोबाइल एप्सबाट घर बाहिरका गतिविधिको निगरानी राख्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here