तुलसिपुर/ मानव बेचबिखन बिरुद्धको दिवसका अबसरमा विभिन्न सङघ सस्थाहरुले तुलसिपुरमा सचेतना सहितको प्रभातफेरिको आयोजना गर्नेभएका छन ।
बुधबार बिहान तुलसिपुर स्थित अरणिको मैदानबाट सुरुहुने कार्यक्रममा ब्यानर ,प्लेकार्ड र सचेतना मुलक सामाग्री सहित उपस्थितिका लागि यसक्षेत्रका सामाजिक सङघ सस्था ,बिधालय र अन्य सरोकार वालाहरुलाई समेत अनुरोध गरिएको छ ।
सामुदायिक प्रहरी सेवाकेन्द्र तुलसिपुर ,तुलसिपुर उपमहानगरपालिका र ईलाका प्रहरी कार्यालय तुलसिपुरको सयुक्त आयोजनामा हुनलागेको सचेतना कार्यक्रममा बिशिस्ट ब्यक्तित्वहरुको समेत उपस्थिति हुनलागेको सामुदायिक प्रहरी सेवा केन्द्रका सचिव शरद रेग्मीले जानकारी दिनुभएको छ ।
यस्तै बिच सेवाकेन्द्र कि अध्यक्ष नारायणी रजौरे र सचिव रेग्मीले आज एक बिज्ञप्तिजारिगरि २० गते बिहान ७ बजे अरणिको मैदानमा उपस्थितिका लागि सबैलाई अनुरोध गर्नुभएको छ ।

















