गुर्जा हिमालमा हिमपहिरोमा परी सात जनाको मृत्यु

329

काठमाडौ, २८ असोज । म्याग्दी धौलागिरि गाउँपालिका–१ स्थित गुर्जा हिमाल आरोहणका लागि आधार शिविर पुगेका सात जनाको हिम पहिरोमा पुरिएर मृत्यु भएको छ । गुर्जा हिमाल आरोणका लागि त्यसतर्फ गएका नौ जनामध्ये सातजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पाँच जना कोरियाली र चार जना नेपाली नागरिक रहेको जनाइएको छ । हिम पहिरोमा पुरिएकाहरुको खोजीका लागि गएका स्थानीयवासीले सात जनाको शव देखेको बताएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जानकारी दिएका छन् ।

हिमालको आधार शिविरमा पुगेर वास बसेका आरोही टोली आँधीहुरी र हिमपहिरोको दुर्घटनामा परेको हुनसक्ने अनुमान गरिएको छ ।

उनीहरुको शव आधार शिविरको खोच र भिरालो ठाउँमा रहेका कारण स्थानीयबासीले पनि उद्धार गर्न नसकेको बताइएको छ । टोलीमा रहेका नौ जनामध्ये सातजनाको शव देखिएको भएपनि दुईजनाको अवस्थाबारे पत्ता लाग्न नसकेको बताइएको छ ।

असोज २१ गते गुर्जा हिमाल आरोहणका लागि १० जनाको टोली आधार शिविरतर्पm प्रस्थान गरेको थियो । त्यसमध्येका एकजना कोरियन नागरिक आपूmलाई असजिलो महशुस भएको भन्दै आधार शिविरमा नपुग्दै बीच बाटोबाटै फर्किएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here