एनआईसी एशिया बैंकको चमत्कारीक २ नयाँ कर्जा योजना, अब ११ हजारमै कार

281

काठमाडौ / नेपालकै सबैभन्दा ठूलो बैंक एनआईसी एशिया बैंकले अधिकांश नेपालीको हैसियतले धान्ने विशेष चमत्कारीक योजना ल्याएको छ । बैंकले चमत्कारिक विशेषता भएका २ नयाँ कर्जा योजना सार्वजनिक गरेको छ ।

चामत्कारिक सवारी कर्जा योजना सार्वजनिक गर्दै सवारीको मूल्य अनुसार मासिक ११ हजार रुपैयाँबाट नै किस्ता रकम शुरू हुने गरी कार किन्न सकिने जनाएको छ ।

‘बैक पनि, साथी पनि, राम्रो पनि, हाम्रो पनि’ भन्ने मूल नाराका साथ चामत्कारिक सवारी कर्जाका विशेषता सार्वजनिक गर्दै बैंकले ११ हजार मासिक किस्ता तिर्ने गरी कार किन्न सकिने सार्वजनिक गरेको हो ।

बैंकले सार्वजनिक गरेको ‘चामत्कारिक सवारी कर्जा र चामत्कारिक घर जग्गा कर्जा’ योजनाबाट ग्राहकले लाभ लिन सक्ने छन् । कर्जा योजना ग्राहक महानुभावको आवश्यकता र सन्तुष्टिलाई ध्यानमा राख्दै सबैको लागि अझ बढी सहज, सबल, गतिशिल, विश्वसनीय र उत्तरदायी बैंक बन्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको सहायक प्रमुख कार्यकारी अधिकृत तथा सूचना अधिकारी सुधिरनाथ पाण्डेले जनाए। योजनाबाट नयाँ गाडी लिन वा पुरानो सवारीसाधन साट्न चाहने सम्पूर्ण ग्राहक महानुभावले समेत चामत्कारिक लाभ उढाउन सक्ने छन् ।

‘दुवै चामत्कारिक कर्जा योजना बैंकको आफ्नो मुलुकभर रहेको २ सय ४४ वटै शाखा कार्यालयबाट आदरणीय ग्राहक महानुभावलाई आफुले चाहेको गाडी तथा घर जग्गा बिना झन्झट, न्यूनतम ब्याजदर तथा न्युनतम किस्ता रकममा उपलब्ध गराउने छ ।

चामत्कारिक सवारी कर्जाका ७ वटा आर्कषक विशेषता

तुरुन्तै कर्जा स्वीकृति हुने
अधिकतम १५ वर्षसम्मको कर्जा भुक्तानी अवधि
अति न्यून मासिक किस्ता रकम (सवारीको मूल्य अनुसार मासिक ११ हजारबाट नै किस्ता रकम सुरु हुने)
आंशिक अथवा पूर्णरुपमा बिना कुनै शुल्क पूर्व भुक्तानी गरी आफ्नो इच्छा अनुसार मासिक किस्ता र भुक्तानी अवधि परिवर्तन गर्न सकिने
मासिक व्याजदर ०.९५ मात्र
प्रशासनिक सेवा शुल्कमा विशेष छुट
घरजग्गा र सवारी दुवै कर्जा लिने ग्राहकलाई विशेष छुटको व्यवस्था
चामत्कारिक घरजग्गा कर्जाका ७ वटा आकर्षक विशेषता

आफ्नो आम्दानी अनुसार आफैं मासिक किस्ता निर्धारण गर्न सकिने
-अधिकतम ५० वर्षसम्मको कर्जा भुक्तानी अवधि
-आंशिक अथवा पूर्णरुपमा विना कुनै शुल्क पूर्व भुक्तानी गरी आफ्नो इच्छा अनुसार मासिक किस्ता र भुक्तानी अवधि कायम गर्न सकिने ।
-कर्जा रकम घटाई नयाँ किस्ता र भुक्तानी अवधि कायम गर्न सकिने ।
-मासिक ब्याजदर ०.९५ मात्र
-प्रशासनिक सेवा शुल्कमा विशेष छुट
-आधारदरमा भएको परिवर्तन अनुसार मात्र ब्याजदर परिमार्जन हुने

यो योजनाबाट आदरणीय ग्राहकमहानुभावहरु अधिकतम लाभान्वित हुने विश्वास हामीले लिएको छांै । साथै ग्राहक महानुभावहरुको क्रय शक्ति अझ मजबुत बनाई गाडी चढ्ने तथा आफ्नो निजी घरमा बस्ने सपना यस योजनाले सजिलै पुरा गर्नेमा हामी विश्वस्त छौ,’ बैंकद्वारा जारी विज्ञप्तिमा लेखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here