इँटाभट्टा उद्योगमा गाँजा कारोबार

227

मोरङ /मोरङको रंगेली नगरपालिका ३ मा रंगेली नगरपालिकाका मेयर दिलिप बगडीयाले सञ्चालन गरेको आनन्द इटा भट्टा उद्योगबाट प्रहरीले साढे दुई किलो गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

 इलाका प्रहरी कार्यालय रंगेलीका अनुसार गाँजासहित भारत बंगाल कुसबिहार घर भएका ३० वर्षीय हेमन्त बर्मन पक्राउ परेका हुन् । उनी आनन्द इँटाभट्टामा मजदुरको रुपमा काम गर्दै आएका थिए । उद्योगमा क्यान्टिन समेत सञ्चालन गरिरहेका बर्मनले भारत र नेपालबाट गाँजा मगाएर भट्टामा कार्यरत मजदुरलाई महङ्गोमा सप्लाई गर्ने गरेका थिए ।

प्रहरीका अनुसार बर्मनले प्रतिचिलिम ८० रुपैयाँका दरले मजदुरलाई बिक्री गर्ने गरेका थिए । सुनसरी मोरङका इँटा भट्टा उद्योगमा काम गर्ने ९० प्रतिशत भन्दाबढी मजदुर भारतीय छन् । सिजनमा भारतबाट कामका लागि आएका मजदुरलाई प्रतिचिलिम ५० भारुमा बिक्री गर्ने गरेका प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । इँटा उद्योगभित्र गाँजाको कारोबार हुने गरेको सूचनाका आधारमा छापा मार्दा झोलामा प्याक गरी लुकाई राखेको लागू औषध साढे दुई केजी गाँजा बरामत गरिएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक कविन्द्रकुमार कार्कीले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here