चीनको शहर हुआनमा एक शपिङ सेन्टरले १५ जना युवतीलाई भाडामा उपलब्ध गराइन्छ । विटालिटी सिटी शपिङ कम्प्लेक्सको मुख्य गेटमा ति युवतीहरु पाइन्छन् ।
जसमध्य तपाइँलाई जुन राम्री लाग्छ, उसैलाई छान्न पाउनुहुन्छ, जसको लागि मात्र १५ रुपयाँ (नेपाली पैसामा रुपान्तर गर्दा)मात्र तिर्नु पर्ने हुन्छ । २० मिनेटको लागि तपाइँले गर्लफ्रेन्ड पाउनुहुन्छ र यदी २० मिनेट काटेमा मिनेट अनुसार पैसा तिरे पुग्छ ।
युवती भाडामा लिएपछि तपाइँले उनको साथ शपिङ, लन्च वा डिनर लिन सक्नु हुन्छ । यदी तपाइँ सपिंग गर्न जाँदै हुनुहुन्छ र एक्लो हुनुहुन्छ भन्ने तपाइले उनै गर्लफ्रेन्डलाई लिएर जान सक्नुहुन्छ, जसले तपाइँले आग्रह गर्नुभएमा तपाइले किन्नु भएको सामान बोक्ने, तपाइँसँग गर्लफ्रेन्डले झैं व्यवहार गर्ने, सँगै हिड्ने तथा सपिङ मलमा खाजा/खाना/कफी खाने, तपाइँसँग फोटो खिच्ने लागायतको सेवा गर्नेछिन् ।
यस शपिङ सेन्टरले जनाए अनुसार यो पछिल्लो समयको सबैभन्दा ठूलो शपिङ ट्रेन्ड बन्नेछ । तर एउटा सर्त तपाइँको लागि खिन्न बनाउने खालको के छ भने तपाइँले भाडामा लिएर जानु भएको उक्त युवतीलाई तपाइले छुन भने पाउनुहुने छैन । ‘ गज्जब छैन त चाइनिजहरुको व्यापार पोलिसी ?


















