काठमाडौं / ‘गणतन्त्र दिवस २०७४’ को अवसरमा विभिन्न अलङ्कार तथा पदकहरुद्वारा विभुषित हुनु भएका रथीवृन्द, अधिकृत तथा अन्यदर्जा गरी जम्मा ५८ लाई अलङ्कार तथा पदकहरुद्वारा सुशोभन गरिएको छ ।
बुधबार त्रिभुवन आर्मी अफिसर्स क्लबमा एक समारोहका बीच प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाबाट अलङ्कार तथा पदकहरुद्वारा सुशोभन गर्नु भएको हो ।
उक्त कार्यक्रममा जंगी अड्डा भित्र कार्यरत रथीबृन्द र अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।


















