धेरै मोबाइल चलाउँदाको परिणाम यस्तो !

230

काठमाडौं / अत्याधिक मोबाइल चलाएको कारण चिनमा डोङगुआनकी एक २१ वर्षीया युवती अन्धो भएकी छिन् ।

वु नाम गरेको युवतीको आँखामा निकै जटिल मानिने `रेटिनल आर्टरी अब्सट्रक्सन´ भएको डाक्टरहरुले जनाएका छन् ।

दिनमा करिब ७ घण्टा अफिसमा कम्प्युटरको काम गर्ने र घरमा गएपछि पनि लगातार आफ्नो स्मार्ट फोनमा प्रिय खेल ‘किङ अफ ग्लोरी’ खेल्ने गरेकाले यस्तो समस्या देखा परेको डाक्टरहरुले जनाएका छन् ।

सोही गेम खेलिरहेकी बेला एक्कासी उनको दाँया आखाँ दुखेपछि डाक्टरकोमा गएकी  थिइन् । त्यसपछि डक्टर उनको जाँच गरेर यस्तो खतरनाक “रेटिनल आर्टरी अब्सट्रक्सन भएको जनाएका थिए ।

लगातार ३० मिनेटदेखि १ घण्टासम्म मात्र कम्प्युटर वा स्मार्टफोनमा बसेपछि केही मिनेटलाई अन्य ठाउँमा हेरेर आँखालाई आराम दिर्नु पर्ने  डाक्टरहरुले सल्लाह दिएका छन् ।

आफू साथीहरुसगँ घुम्न पनि नगइकन मोबाइलमा गेम खेलेर बस्ने गरेको उनको भनाइ थियो ।  उनले आफू जस्तै उमेर समूहका युवा युवतीलाई यसो नगर्न सुझाव दिएकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here