सुन्दर पत्नीका लागि महिलाजस्तै बन्छन् पुरुष

333

कुनै पनि पुरुषले आफ्नो जिवन संगीनी सुन्दर होस् भन्दै महिलाले जस्तै सिँगारपटार गरी मन्दिरमा पुजा गरेको सुन्दा तपाईहरूलाई अच्चमै लाग्छ होला !

महिलाहरूले राम्रो बरको लागी त ब्रत बसेको हामीले देखेका नै हौं । तर पुरुषले असल र राम्री श्रीमतीकालागि ब्रत बसेको भन्ने कतै पनि सुन्नमा आएको छैन । भारतको केरलामा एउटा मन्दिर छ, जहाँ पुरुषहरू सुन्दर पत्नीको वरदान माग्दछन्।

दक्षिण भारतमा रहेको श्रीदेवी मन्दिरमा वरदान माग्न जाने पुरुषहरू महिलाले जस्तै साडी लगाएर श्रृंगार गर्दछन् । कोल्लम जिल्लास्थित कोट्टनकुलंगरामा रहेको श्रीदेवी मन्दिरमा पुरुषहरू सुन्दर पत्नी तथा राम्रो जागिरको लागि वरदान माग्न पुग्ने गर्दछन् ।

हरेक वर्ष २३ र २४ मार्चमा यो मन्दिरमा चाम्याविलक्कु नामक पर्व मनाइन्छ । त्यो बेला महिलाको जस्तै श्रृंगारपटार गरेर पुरुषले वरदान मागे पाईन्छ भन्ने जनविश्वास रहेको छ । त्यसैले पनि सो समयमा आशिष माग्न आउने पुरुषहरूको भिड लाग्ने गर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here