समर्पण (कविता)

699

आँसुका ढिक्काहरु
तपतप चुयाउँदै
आफ्नै शरिर पगालेर
अरुलाई उज्यालो दिने
तिमि
कत्ति निश्वार्थी छौं
कत्ति महान छौ है ।

तिम्रै उज्यालोमा                                                                                        -विजय खत्री
तिम्रै छत्र छाँयामा
हुर्किएका बढेका र पढेका
कोही डाक्टर बने, कोही पाइलट
केही शिक्षक बने केही रक्षक
तर
थोमसले चिम जन्माए पछि
कहिल्यै सोचेनन्
तिम्रो आँसुको मर्म
शरिरको गलाई
साँच्चै बिर्सिए तिमिलाई ।

अरुको सेवा गर्दा गर्दै
शरिर पगालेर
मेरुदण्ड भाँचिने बेलासम्म
गुन लगायौ
जब तिमि तिम्रै आँसुमा डुब्यो
तब
तिमिलाई फोहोरको डंगुरमा फालियो

भन्न थालियो
बत्ति गयो
इन्भटर बालियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here