पानीमा डुबेको ७ सय वर्ष पुरानो मन्दिर

385

बेइजिङ / चीनको इजोऊ प्रान्तमा यांग्त्से नदीमा बनेको यो मन्दिर ७ सय वर्ष पुरानो हो ।

मन्दिर अहिलेसम्म सयौं पटक नदीमा आएको बाढीमा डुबिसकेको छ । तर, यो मन्दिरलाई बाढीले कुनै नोक्सान पु¥याएको छैन ।

यो मन्दिर चीनका सोन्ग वंशका शासकले बनाएका हुन् । ती शासकहरुले यो मन्दिरलाई नदीको बीचमै बनाउन लगाएका थिए । विगत केही दिनदेखि यो नदी पूरै पानीमा डुबेको थियो ।

अहिले पानीको सतह घटेपछि केही भाग देखिएको छ । नदीमा मन्दिरको आधा भाग भने १२ महिना नै डुबिरहेको हुन्छ । मानिसहरु डुंगामा चढेर यहाँ पुग्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here