बंगलादेश/आउँदो आइतबार बंगलादेशमा आम निर्वाचन हुँदैछ । एक दशकदेखि विश्वकै सबैभन्दा तीव्र गतिमा आर्थिक बृद्धि भइरहेको मध्ये एक देशकी प्रधानमन्त्री शेख हसिनाको फैसला गर्नेछ । यसो भएमा उनी बंगलादेशको हालसम्मकै सबैभन्दा बढी शासन गर्ने प्रधानमन्त्री हुनेछिन् ।
विज्ञहरुले ७१ वर्षिया शेख हसिना पुनः प्रधानमन्त्रीमा चुनिने सम्भावना धेरै रहेको बताएका छन् ।
विपक्षीहरुले यो निर्वाचन इतिहासकै सबैभन्दा दमनकारी भएको आरोप लगाएका छन् । निर्वाचन नजिकिँदै गर्दा हसिनाकी प्रमुख प्रतिद्वन्दी खालिदा जियाको साथसाथै अन्य कयैन विपक्षी नेताहरु या त जेलमा छन् या त बेपत्ता छन् ।
निर्वाचनको निगरानी गर्ने अन्तर्राष्ट्रिय निकाय तथा प्रेस स्वतन्त्रता समुहहरुले हाल आएर बंगलादेशको भिषा प्रक्रियामा अनावश्यक रुपमा ढिलाई भइरहेको गुनासो गरे ।
“विपक्षी अभियानकर्मीहरु माथिको प्रहरी दमन अभूतपूर्व स्तरमा पुगेको छ,” एक मानवअधिकार वकिल कमल हुसेनले भने । उनी विपक्षीहरुको संयुक्त उम्मेद्वारको रुपमा चुनाव उठेका छन् ।
८२ वर्षे हुसेनले विपक्षीहरुको गठबन्धनका ७० उम्मेद्वारले पार्टीको कार्यालय तथा चुनावी ¥यालीमा सशस्त्र भिडले आक्रमण गरेपछि आफ्ना निर्वाचन क्षेत्रमा चुनाव प्रचार गर्न डराइरहेको बताएका छन् ।
यस बीच कमलकै कारमाथि पनि आक्रमण भयो । आक्रमण सत्तारुढ दल अवामी लिगका समर्थकहरुले गरेको आरोप छ । राष्ट्रि सहिद स्मारकतर्फ गाइरहँदा कमलले अघिल्लो महिना आक्रमण भोगेका थिए ।
चुनावी अभियानको सुरुवाति दिनमा अवामी लिगका दुई सदस्यहरु मारिएका थिए । दुवै पक्षका समर्थक र ¥यालिबीच भएका झडपहरुमा दर्जनौ समर्थकहरु घाइते भएका छन् ।
हसिनाले बंगलादेशका १० करोड मतदाताले हिंसालाई बेवास्ता गर्ने र सन् २००९ यता भएको तीव्र विकासमा केन्द्रीत हुने आशा गरेको जस्तो देखिन्छ । यस अवधिमा बंगलादेशको प्रतिव्यक्ति आयमात्रै तीन गुणाले बढेको छ ।
पछिल्लो दशक बंगलादेशको आर्थिक बृद्धि दर औसतमा ६५ रह्यो जुन विकासील देशको सबैभन्दा तीब्र दर हो ।
यो बृद्धि पछाडि मुख्यत त्यहाँको २० अर्ब अमेरिकी डलरको गार्मेन्ट उद्योगले धानेको ४५ लाख रोजगारलाई जिम्मेवार मानिएता पनि यी उद्योगहरुलाई त्यहाँको युवतीहरुको श्रम शक्तिमा दोब्बर सहभागिता बढाएको भनेर जस दिइन्छ । यसले त्यहाँको मातृत्व र बाल स्वास्थ सुविधामा योगदान गरेको छ । यी सुधारको कारण बंगलादेशको औसत आयु बढेर ७२ वर्ष पुगेको छ । यो भनेको छिमेकी भारत र पाकिस्तानको भन्दा उच्च हो ।
यो सफलताको बावजुद राजधानी ढाकालाई प्रदर्शनकारीहरुले यस वर्ष दुई पटकसम्म ठप्प पारे । यसलाई विज्ञहरुले त्यहाँको बृहद असन्तुष्टिको संकेत मान्दै निर्वाचन निष्पक्ष हुने हो भने त्यसको असर मतपरिणाममा पर्ने बताएका छन् ।
“बंगलादेशमा अति–धनि वर्गको संख्याको वृद्धि दर सबैभन्दा उच्च छ,” बंगलादेश इन्टरप्राइज इन्स्टीच्युटका अनुसन्धान निर्देशक शहाब इनाम खानका अनुसार, “यसको मतलत तल्लो तप्का पनि यसबाट लाभान्वाभित भएका छन् भन्ने होइन ।”
अगस्टमा भएको ठूलो विरोध देशमा व्याप्त असुरक्षित सडक यातायात र दण्डहिनताको कारणले सुरु भएको थियो ।
“कानुनलाई कसरी कार्यन्वयन गरिएको छ, मानिसहरुलाई न्यायापालिकामा विश्वास छ कि छैन भन्ने कुरा निर्वाचनमा निर्धारक हुनेछन्,” खानले भने ।
यसअघि बंगलादेशको सरकारलाई मानव अधिकार हननको अरोप लाग्ने गरेकोमा, मानव अधिकार समूहले भने हसिनाको दमन बाहिर आएकोभन्दा व्यापक भएको बताएका छन् ।
सयौँ मानिसहरु बलपूर्वक हराएका वा गोप्य जेलमा बन्दी बनाइएका छन् । मानव अधिकार समूह ओधिकारका अनुसार प्रहरीले केही अघि लागु औषध व्यापारविरुद्ध चलाएको कारबाहीमा लगभग ४५० मानिसहरु प्रहरीको गोली लागेर मरेका छन् ।
बिहिबार मात्रै बंगलादेशमा प्रशासनले देशभरीका थ्रीजी तथा फोरजी सेवा कयैन घण्टा सुस्त गराएका थिए । १० घण्टापछि शुक्रबार बिहान सेवा सुचारु भए पनि यसमाथि पुन प्रहार हुने सम्भावना छ ।
बंगलादेशी सरकारको दमन त्यो बेला बढेको छ जब देशको दोस्रो प्रमुख पार्टी मध्यदक्षिणपन्थी बंगलादेश नेसनल पार्टी अप्रत्यासित रुपमा कमजोर अवधिबाट घुज्रिरहेको छ । बंगलादेशमा सेनाले सत्ता हातमा नलिएको अवधीमा बंगलादेश नेसनल पार्टी र धर्मनिरपेक्षतावादी तथा वामपन्थी अवामी लिगमध्ये एकले सरकार बनाएको इतिहास छ ।
तर बंगलादेश नेशनल पार्टीले धाँधली हुने सम्भावना भएको भन्दै सन् २०१४ को आम निर्वाचन बहिस्कार गरेकोले हालको संसदमा भाग लिएको छैन् ।
पार्टीकी नेतृ खलिदा जियालाई भखरै भ्रष्टाचार मुद्दामा १२ वर्षको जेल सजायँ तोकिएको छ । त्यस अघि अक्टोबारमा उनको छोरा तरिक रेहमानलाई प्रधानमन्त्री हसिनाको हत्या प्रयास गरेको आरोपमा जन्मकैद सजाय सुनाइएको थियो । रेहमान हाल लण्डनमा निर्वासन रहेर लुकिरहेका छन् ।
बंगलादेश नेसनल पार्टीको कमजोर अवस्थाको बाबजुद हसिनाको सरकारले चुनाव नजिकिदैं गर्दा प्रमुख विपक्षी पार्टी विरुद्ध लगभग ३ लाख मुद्धा दायर गरेको छ भने हजारौं कार्यकर्तालाई पक्राउ गर्न निर्देशन दिएको छ ।
एजेन्सी


















