Chairman of Madhesi Janadhikar Forum-Loktantrik (MJF-L) Bijaya Kumar Gachhadar express his view after receiving a memorandum from the Reporter's Club Nepal on Tuesday in the Kathmandu reminding to promulgate the new Constitution on the given time. Photo: Kumar Shrestha/RSS
विराटनगर / नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले सङ्घीयता कार्यान्वयनमा राज्यको महत्वपूर्ण भूमिका रहने जनाउनु भएको छ ।
उहाँले नेपाली जनताको ठूलो बलिदान र संविधानसभाबाट ल्याइएको सङ्घीयता कार्यान्वयनमा नेपाली काङ्ग्रेसको सहयोग रहने जनाउनुभयो ।
उहाँले आगामी माघ १० गते हुने पार्टीको केन्द्रीय समितिको बैठकबाट पार्टीभित्र दिगो एकता कायम हुने चर्चा गर्दै अब पार्टीभित्र एकताको कुनै विकल्प नरहेको प्रष्ट पार्नुभयो ।
नेता गच्छदारले डा गोविन्द केसी र सरकारबीच विगतमा भएको चिकित्सकसम्बन्धी सम्झौता पालना गर्नुपर्नेमा जोड दिनुभयो ।