काठमाडौँ/विभागीय टिम एपीएफ क्लबले १४औं रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगितामा दोहोरो जित हात पार्न सफल भएको छ । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा मंगलबार भएको खेलमा एपीएफले दोहोरो जित निकाल्ने क्रममा सामाखुशी इंग्लिस बोर्डिङ स्कुल (सेब) र थाहा नगरपालिका मकवानपुरलाई पराजित गरेको हो । एपीएफले आफ्नो पहिलो खेलमा सेबलाई सोझो सेटमा पराजित गरेको थियो । एपीएफले सेबलाई २५(८, २५(१४ र २५(१८ को सेटमा हराएको हो ।
त्यस्तै, एपीएफले दोस्रो खेलमा पनि थाहा नगरपालिका मकवानपुरलाई सोझो सेटमा नै पराजित गर्न सफल भयो । एपीएफले थाहा नगरपालिकालाई २५(७, २५(११ र २५(१२ को सेटमा सहज जित निकालेको थियो । एपीएफको प्रतियोगितामा लगातार यो तेस्रो जित हो ।
अर्को खेलमा विभागीय टिम नेपाल पुलिस क्लबले श्रीगाँउ दाङलाई २५—८, २५(९ र २५(८ को सेटमा पराजित गरेको छ । त्यस्तै, अर्को खेलमा आर्मीले पनि जित हात पारेको छ । आर्मीले सेबलाई ३१(२९, २५(१९ र २५(२० को सेटमा पराजित गरेको हो । सेबले भने आजै दुई खेलमा पराजय भोगेको हो ।
प्रतियोगिताको विजेताले ३ लाख ५० हजार पाउनेछ । दोस्रो हुने टोलीले दुई लाख प्राप्त गर्ने छ । त्यस्तै तेस्रो हुनेले १ लाख, चौथो हुने टोलीले ६० हजार, पाँचौ हुनेले ४० हजार, छैठौं हुनेले ३० हजार र सातौं हुने टोलीले २० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।
व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी, उदयमान खेलाडी, बर्ष खेलाडी, प्लेयर अफ दि सिरिज र एक जना भाग्यमानि दर्शकले १(१ थान सुजुकी स्कुटर पाउनेछन् । त्यस्तै उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर र उत्कृष्ट प्रशिक्षकले समान ६(६ हजार नगत प्रप्त गर्नेछ ।


















