काठमाडौं – यापीड डायग्नोष्टिक टेष्ट (आरडिटी) परीक्षण तत्काल रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । अधिवक्ता ज्ञानेन्द्रराज आरण, सन्तोष भण्डारीलगायतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई विपक्षी बनाई रिट दायर गरेका हुन् । रिट निवेदन हिजो बुधबार दर्ता भएको हो ।
रिटमा भनिएको छ, आरडीटीले संक्रमणको आँकलन मात्र गर्ने हो । विश्व स्वास्थ्य संगठनले सम्भावित संक्रमितमा कोरोना भाइरसको परीक्षणको लागि ‘ई’ ‘आरडी आरपी’ र ‘एन’ जिनको परीक्षण आरटी पिसिआरबाट गर्न भनेको छ । विश्व स्वास्थ्य संगठनले संक्रमणको परीक्षण गर्दा स्वाबको श्वास प्रश्वास प्रणालीको माथिल्लो र तल्लो दुवै भागको जैविक वस्तु परीक्षण गर्ने सल्लाह दिएको पनि रिटमा उल्लेख रहेको आजको राजधानी दैनिकमा खवर छ ।


















