भारतीय वायु सेना कमान्डर पाकिस्तानको नियन्त्रणमा ( भिडियो सहित)

143

भारतीय वायु सेनाले  पाकिस्तानी भूमिमा प्रवेश गरेपछि पाकिस्तानले उक्त विमानलाई खसाएको थियो । पाकिस्तानले आफूले विमान खसाएको प्रमाण सामाजिक संजालमा भिडियो र फोटो पोस्टगर्दै देखायो।

बुधबार पाकिस्तानले सोही विमानका पाइलट कमान्डर अभिनन्दनलाई नियन्त्रणमा लिएको भिडियो सार्वजनिक गरेको थियो।जहाँ उनले आफ्नो पहिचान बताएका थिए। उनले भिडियोमा आफूले भारतीय गोप्या सूचना नखुलाउने जनाएका छन्।

पाकिस्तानले आफूले भारतको पाइलटको राम्रो हेरचाह गरिरहेको जनाएको छ । भारतले भने कमान्डर अभिनन्दनलाई रिहा गर्न माग गरेको छ।

गत फेब्रुअरी १४ तारिखमा भारत प्रशासित कस्मिरको पुलवामा जिल्लामा उग्रवादी समूह जैस–ए–मोहम्मदले आत्मघाती बम विस्फोटन गराउँदा ४० भन्दाबढी भारतीय सेनाको मृत्यु भएको थियो।

पाकिस्तानी भूमिमा रहेर यस समूहले कस्मिरका भारतीय सेनाविरुद्ध आक्रमण दोहोर्याउँदै आएका छन्। भारतले पाकिस्तानलाई यस आक्रमणको आरोप लगाएको थियो।

बुधबार नै पाकिस्तानी प्रधानमन्त्री इमरान खानले देशको नाममा सम्बोधन गर्दै भारतसँग छलफल गर्न आग्रह गर्दा समेत भारतले पाकिस्तानमा आक्रमण गरेका कारण आफूले त्यसको जवाफ दिएको उनले जनाए ।

उनले देश युद्धमा गए यसले भारत र पाकिस्तान कसैलाई फाइदा नपुग्ने समेत बताएका छन्। उनले भारतसँग तनाव अन्त्यबारे छलफल गर्नुपर्ने संकेत गरेका छन्।

यतिबेला विश्वले भारत र पाकिस्तानलाई संयमता अपनाउन आग्रह गरिरहेको छ। एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here