काठमाडौं / काठमाडौं महानगरपालिका-२६ मित्रनगर मैत्रीटोलबाट १ किलो ७७ ग्राम सालकको खपेटा सहित २ जनालाई मंगलबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।
स्वयम्भु बस्ने सिन्धुपाल्चोक विशंखु गाउँपालिका-१ का ३१ वर्षीय राज लामा र धादिङ निलकण्ठ नगरपालिका-४ बसाहा घर भई हाल चौमती बस्ने ३० वर्षीय विशाल सुनार पक्राउ परेका हुन् ।
काठमाडौं महानगरपालिका-१५ हलचोक नजिकै केही मानिसहरुले सालकको (वन्यजन्तु) खपेटा विक्री वितरण गर्नको लागि हिंडिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरीले पिछा गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















