अनौठो प्रकारको लिंग पर्व

723

जापानमा मात्रै एउटा विशेष पर्वको रुपमा लिंग पर्व मनाउनका निम्ति हजारौँ मानिसहरु भेला हुने गर्दछ । यो अर्थमा विशेष छ कि पर्व पूर्णरुपमा पुरुषको लिंगलाई पुजा गरि मनाइन्छ । उक्त लिंग पर्वलाई जापानमा होनेन साइ भनिन्छ । होनेन साई पर्वमा लिंग आकारका बहुरंगी आकृतिहरु यत्रतत्र राखिएका थियो । युवायुवती, महिला पुरुष सबैजना लिंगआकृतिसँग आलिंगनमा मस्त हुन्छन् ।

जापनको आइची प्रान्तस्थित कोमाकी क्षेत्रमा हरेक वर्षको मार्च महिनाको १५ तारेखमा लिंग पर्व मनाइन्छ । सडकमा भिमकाय लिंग बोकेर मानिसहरु हिँड्न्ने गरिन्छ । अनि रमितेहरुको पनि ताँती लाग्दछ । एउटा जापानी वनस्पतीको काठबाट बनेको दुई मिटर लामो लिंग बोकेका पुरुषहरु सडकमा हिँडिरहँदा हेर्नेको भीड लाग्दछ । त्यो काठको लिंग ४ सय केजी तौलको छ भने यसको गोलाकारको परिधि १ मिटर रहेको छ । यो लिंगको दर्शन गरेमा खेतीपाती हुने, प्राकृतिक विपत्ति नआउने र मानिसहरुको प्रजनन क्षमता पनि बढ्ने विश्वास गरिन्छ । यस पर्व यतिधेरै लिंगमय बन्दछ कि टोपी देखि चकलेट सम्म तथा खेलौनादेखि खानेकुरासम्म सबै लिंग आकारका हुन्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here