ग्लोबल आइएमईका ग्राहकलाई सुमेरु सिटी हस्पिटलमा विशेष छुट

176

काठमाडौं / ग्लोबल आइएमई बैंक र सुमेरु सिटी हस्पिटलबीच हस्पिटलले विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैंकले अस्पतालसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले दुईपक्षीय सम्झौता गरेको हो ।

उक्त सम्भौतापत्रमा सुमेरु सिटी हस्पिटलका प्रबन्ध निर्देशक सुनिल डंगोल र ग्लोबल आइएमई बैंकका कार्ड बिक्रि तथा बजार प्रबद्र्घन विभागका प्रमुख नवीन सुवेदीले हस्ताक्षर गरेका थिए । ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्तो योजनाहरु ल्याईरहेको जनाएको छ ।

उक्त सम्झौता पश्चात सुमेरु सिटी हस्पिटल, पुल्चोकमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक तथा ग्लोबल आइएमई बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा १० प्रतिशत सम्म छुट पाउने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here