काठमाडौं / सैनिक कल्याणकारी कोष र प्रभु बैंकबीच सैनिक सन्तति प्राविधिक शिक्षण सहुलियत कर्जा २०७५ का लागि सम्झौता गरेको छ । जंगी अड्डामा आयोजित एक कार्यक्रममा प्रधानसेनापति महारथी पुर्णचन्द्र थापा र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले सैनिक सन्ततीलाई प्रभु बैंकद्धारा स्वीकृत प्राविधक शिक्षण सहुलियत कर्जाको चेक संयुक्त रुपमा हस्तान्तरण गरी सैनिक सन्तति प्राविधिक शिक्षण सहुलियत कर्जा, २०७५ कार्यान्वयनको शुभारम्भ भयो ।
नेपाल



