सर्लाही / ३० फिट गहिरो पानी सुकेको इनारमा पाँच दिनदेखि बेपत्ता भएका एक व्यक्ति भेटिएका छन् ।
हरिवन नगरपालिका–५ निवासी ५५ वर्षीय सानुमान जिम्बालाई घुर्कौलीस्थित सुकेको इनारभित्र फेला पारिएको हो । १२ वैशाखदेखि हराइरहेका उनलाई ३० फिट गहिरो इनारबाट नेपाली सेना रणशेर गण पाँचकुमारीका जमदार हिमबहादुर तिवारी नेतृत्वको सैनिक टोलीले सकुशल निकालेको हो ।
बेपत्ता भएपछि उनको खोजी भइरहेको थियो । तर स्थानीय १३ वर्षीय बालक विवश पाख्रिनले इनारमा जिम्बालाई देखेपछि भुत भुत भन्दै गाउँतिर भागेका थिए । त्यसपछि स्थानीयले उनी भएको थाहा पाएका हुन् ।

















