काठमाण्डौ- नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । हवाई ईन्धन र खाना पकाउने एलपी ग्यासको हकमा खुद्रा विक्री मूल्य यथावत राखिएको निगमले जनाएको छ ।
निगमका अनुसार शुक्रबार राति १२ बजेदेखि बढेको मूल्य लागू भएको हो । पेट्रोलमा प्रति लिटर १ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टीतेलमा १ र १ रुपैयाँ मूल्य बढेको छ ।
काठमाण्डौंको नयाँ खुद्रा बिक्री मूल्य पेट्रोल प्रतिलिटर १११ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टीतेलको मूल्य ९८ रुपैयाँ कायम भएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो ।

















